१० श्रावण २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
सर्लाहीमा करेन्ट लागेर एक जनाको मृत्यु – Nigrani Today
ताजा खबरमधेश प्रदेशसमाचारसमाजस्थानीय

सर्लाहीमा करेन्ट लागेर एक जनाको मृत्यु

सर्लाही,१२ जेठ । सर्लाहीको बिष्णु गाउँपालिकामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा वडा नं. ६ बस्ने अन्दाजी ३६ वर्षिय शैलेन्द्र राम रहेको छ ।

वडा नं. ६ सिमरा बस्ने स्थानिय लालबाबु महतो कुश्वाहाले आफ्नै करेसा–बारीमा लगाएको बिधुतिय करेन्ट तारमा रामलाई करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

घटना बारे भने अन्य ,आवश्यक अनुसन्धान कार्य भैरहेको छ भने करेसा–बारी धनिे कुश्वाहालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता माधव प्रसाद बुढाथोकीले जानकारी दिनुभयो ।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.