१० श्रावण २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
नगर प्रमुख आचार्यको घोषणा : ईश्वरपुरमा रंगशाला निर्माण हुने – Nigrani Today
ताजा खबरमधेश प्रदेशराजनीतिसमाचारस्थानीय

नगर प्रमुख आचार्यको घोषणा : ईश्वरपुरमा रंगशाला निर्माण हुने

सर्लाही,१४ जेठ । सर्लाहीको ईश्वरपुर नगरपालिकाका नगर प्रमुख मनोज कुमार आचार्यले चुनावमा गरेको बाचा पुरा गर्ने भएको छ ।
आचार्यले ईश्वरपुर नगरपालिकामा युवाहरुको खेलकुदमा विकास गर्न रंगशाला निर्माण गर्ने घोषणा गरेको छ । एक कार्यक्रमका बिच नगर प्रमुख आचार्यले स्थानिय तह निर्वाचनमा आफुले दिएको नारा तथा घोषणा पत्र कार्यन्वयन गर्ने अबको समय भएको हुदाँ खेल प्रेमी युवाहरुको विकासको लागि रंगशाला निर्माण गर्ने बताए ।

यसैगरी नगर प्रमुख आचार्यले ज्येष्ठ नागरिकहरुको उपचारका लागि निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने तथा आफ्नो सरकारी सेवा सुविधा पनि नलिने घोषणा समेत गरेको छ । आफुले पाउने सम्पूर्ण सेवा सुबिधा गरिब,असाय र बृद्ध–बृध्दाको क्षेत्रमा खर्चने नगर प्रमुख आचार्यले घोषणा गरेका छन।

नगर प्रमुख आचार्यले कृषक,वृद्धवृद्धा,अपाङ्ग,दलितलाई आफुले सकने जति सुविधा प्रदान गर्ने बताए । बिपन्न बालबालिकाहरुको आफु अभिभावक नै बनिदिने समेत नगर प्रमुख आर्चायले घोषणा गरे ।

सैगरी, नगरप्रमुख आचार्यले ईश्वरपुर नगरपालिका–६, मा निर्माण भएको १५ बेडको अस्पताल तत्काल सञ्चालनमा ल्याउने निर्णय गरेका छन् । भवन निर्माण भएर अलपत्र अवस्थामा रहेको अस्पताल भवनको शुक्रबार नै नगरप्रमुख आचार्यले उद्घाटन गरेका छन् ।

मेरो उमेदवारी विका,समृद्धी अधिनायक प्रवृतीको विरुद्धमा थियो, ईश्वरपुर बासीले आफुलाई जिताएर ठुलो गुण लगाएको हुदाँ नगर बासीलाई कहिले पनि निरास हुन नदिने नगर प्रमुख आचार्यले बताए । आफु दुखि पिडितको पक्षमा जहिले पनि लडने छु, भग्नाबेश बयलवास बजारको भवनहरुलाई उचित व्यवस्थापन गरी बयलवास बजारलाई सिंगार्ने प्रतिवद्धता समेत नगर प्रमुख आचार्यले गर्नुभयो ।

नगर प्रमखु आचार्यले गरेको विभिन्न घोषणा बारे अहिले ईश्वरपुर ब्यापक चर्चा भइरहेको स्थानिय समाजसेवी युवा नाथुराम चौधरीले बताउनुभयो ।

नगर प्रमुख आचार्य पदमा नहुदाँ त टुहुरा बालबालिका, बिपन्न बालबालिका, स्वास्थ्य क्षेत्र, रोजगारीको लागि सिप मुलक तालिममा लगानी गरेको थियो, अब त पदमा गएपछि ईश्वरपुरमा विकासको मुलै फुटने चौधरीको विश्वास रहेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.