३० बैशाख २०८१, आईतवार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
जनकपुर लाई हराउदै प्रथम प्रदेश स्तरिय क्रीकेटको उपाधी जलेश्वरले चुम्यो – Nigrani Today
खेलकुदताजा खबरप्रदेश २समाचारस्थानीय

जनकपुर लाई हराउदै प्रथम प्रदेश स्तरिय क्रीकेटको उपाधी जलेश्वरले चुम्यो

प्रेमनाथ पौडेल
नवलपुर,१४जेठ । सर्लाहीको लालबन्दी नगरपालिका वडा नं २जुटपानीमा जारी प्रथम प्रदेश स्तरिय टि २०/२०क्रीकेट प्रतियोगिताको उपाधी जलेश्वर युवा क्लब महोत्तरीले चुमेको छ ।

लालबन्दी २स्थित नवजिबन बिधाश्रम माबि जुटपानीको प्राङ्गणमा शनिवार भएको फाईनल खेलमा जनकपुर युवा क्लबलाई १२० रनको लक्ष्य सहित दिएको खेलमा निर्धारित समय भित्र दिएको टार्गेट लाई पार गर्दै जलेश्वर युवा क्लबले नगद ५०हजार शिल्ड मेडल र प्रमाण पत्र सहित प्रथम उपाधी चुमेको हो ।

लालबन्दी नगरपालिकाका नगरप्रमुख बासुदेब अधिकारीको प्रमुख आतिथ्यता एवम क्यानका केन्द्रिय सदस्य तथा जिल्ला अध्यक्ष माधब कर्माचार्यको विशेष आतिध्यतामा भएको खेलमा जनकपुरले दोस्रो हुँदै नगद २५हजार शिल्ड मेडल र प्रमाण पत्रमा चित्त बुझाएको छ।

मधेस प्रदेशका ८ र आयोजक जुटपानी क्रीकेट युवा क्लब सहित ९वटा टिमले सहभागिता जनाएको प्रतियोगितामा जनकपुर र जलेश्वर क्रीकेट युवा क्लब फाईनल गेममा पुगेका थिए ।

त्यस्तै प्रतियोगिता मा जलेश्वर क्रेकेट क्लब का अबिनाश तिवारी म्यान अफ द म्याच ,बेष्ट ब्याट्स म्यान जनकपुर का बिरेन्द्र सहनी त्यस्तै म्यान अफ द सिरिच अबिनाश तिवारी जलेश्वर बेष्ट किपर नहाज अलि जुटपानी ,इमजिङ्ग प्लेयर जुटपानी का अजय यादब रहेका र उनि हरु लाई मेडल र प्रमाण पत्र बाट पुरस्कार प्रदान गरिएको आयोजक टिम का गणेश खडका ले बताउनु भयो ।

रफाईनल खेल प्रतियोगिता मा लालबन्दी नगरपालिका कि उप प्रमुख कल्पना पाख्रीन ,ईलाका प्रहरी कार्यालय लालबन्दी का प्रमुख प्रहरी निरीक्षक शान्तराम कार्की ,महिला नेत्री शारदा बान्तवा ,एमाले का नेता राजु खडका ,नवजिवन का प्रधानाध्यापक भलबहादुर अधिकारी खेलकुद प्रेमी लगायात को आतित्यता रहेको कार्यक्रम को अध्यक्षता आयोजक टिम जुटपानि क्रीकेट युवा क्लब का अध्यक्ष ईरफान असारी को अध्यक्षता मा सम्पन्न भएको हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.