१० श्रावण २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
जनमत पार्टीले विभिन्न माग राख्दै हरिपुर्वा नगर प्रमुखलाई बुझाए ज्ञापन पत्र – Nigrani Today
ताजा खबरमधेश प्रदेशराजनीतिसमाचारस्थानीय

जनमत पार्टीले विभिन्न माग राख्दै हरिपुर्वा नगर प्रमुखलाई बुझाए ज्ञापन पत्र

मुकेश झा
सर्लाही,१९ जेठ । जनमत पार्टी हरिपुर्वा नगर कमिटिले विभिन्न माग राख्दै हरिपुर्वा नगरपालिकाका नगर प्रमुख विनोद साहलाई ज्ञापन पत्र बुझाएको छ ।

जनमत पार्टी हरिपुर्वा नगर कमिटिले अबिलम्ब स्थानीय ऐन कानुन निर्माण, नगर भित्रका सरकारी विद्यालयमा अंग्रेजी तथा नेपाली माध्यमा पठन पाठन गराउने, वैदेशिक रोजगारीलाई न्युनिकरण गर्न युवाहरुलाई रोजगारीको ग्यारेन्टी, कृषकहरुको लागि किसान कार्ड, उपदान, बीउ बीजन, खाध मल, कृषि औजार, प्राविधिक क्षमता अभिवृद्धी तथा बजार व्यवस्थापनको ग्यारेन्टी लगायतको विभिन्न मागहरु राख्दै नगर प्रमुख साहलाई ज्ञापन पत्र बुझाइएको जनमत पार्टी, नगर ममिटी हरिपुर्वाका अध्यक्ष दिनेश राय यादबले जानकारी दिए ।


यसैगरी जनमत पार्टी हरिपुर्वा नगर कमिटीले नगरपालिकामा योजना शाखा बाट विभिन्न योजनाका फाइलहरु हराईरहेका हुदाँ शाखामा दर्ता बुक राख्नको लागि समेत अनुरोध गरेको छ । त्यस्तै हरिपुर्वा नगरपालिका स्थापना भए देखि हाल सम्मको करार सेवामा नियुक्त गरिएका कर्मचारीहरुको विवरण समेत जनमत पार्टी, हरिपुर्वा नगर कमिटीले माग गरेको कमिटीका अध्यक्ष यादवले बताए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.