१० श्रावण २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
माओवादी बाट निर्वाचित सबैभन्दा कान्छो अध्यक्ष राजाबाबुलाई प्रचण्डले गरे सम्मान – Nigrani Today
ताजा खबरमधेश प्रदेशराजनीतिसमाचारस्थानीय

माओवादी बाट निर्वाचित सबैभन्दा कान्छो अध्यक्ष राजाबाबुलाई प्रचण्डले गरे सम्मान

सर्लाही,२१ जेठ । सर्लाहीमा २२ वर्षकै उमेरमा रामनगर गाउँपालिकाको अध्यक्षमा राजाबाबु यादव निर्वाचित भएपछि सर्लाही सहित देशैभरी राजाबाबुको चर्चा हुन थालेको छ । देशैभरीमा नेकपा माओवादीको तफ बाट कान्छो अध्यक्ष पदमा राजाबाबु रामनगर गाउँपालिकामा निर्वाचित भएका थिए ।

पहिलो पटक राजाबाबु काठमाडौं गएपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दहाल प्रचण्डले राजाबाबुलाई खुसि भई सम्मान गरेको हो । राजाबाबु २२ वर्षमै अध्यक्षमा निर्वाचित भएकोले माओवादीको गरिमा बढेको हुदाँ प्रचण्डले आफ्नै निजि निवासमा बोलाई राजाबाबुलाई शनिवार सम्मान गरेको राजाबाबुको निजि सचिवालयले जनाएको छ ।

क्षेत्र नं. ४ मा २ पालिकामा माओवादीले जितेको र त्यो जितमा राजाबाबुको अहम भुमिका भएको हुदाँ पार्टीको साख जोगाउने काम राजाबाबुले गरेकोले प्रचण्डले शुभकामना व्यक्त गर्दै सम्मान गरेको राजाबाबुको निजि सचिवालयले जनाएको हो ।

सर्लाहीमा नेकपा माओवादीले ४ पालिका जित निकोलेको छ । जसमध्ये नेकपा माओवादी बाट बलरा नगरपालिकामा नगर प्रमुखमा रामाशंकर प्रसाद कुशवाहा र उपप्रमुखमा कोशिला देवी निर्वाचित भएको थियो ।

रामनगर गाउँपालिकामा अध्यक्षमा राजा बाबु उपाध्यक्षमा गिता देवी, बागमती नगरपालिकामा नगर प्रमुखमा भरत कुमार थापा र नगर उप–प्रमुखमा लिला कुमारी मोक्तान र हरिवन नगरपालिकामा मेयर पदमा कमल बुढाथोकी निर्वाचित भएको थियो । २०७४ को निर्वाचनामा माओवादीले बरहथवा, बागमती र चक्रघट्टा गाउँपालिकामा जित निकालेको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.