३० बैशाख २०८१, आईतवार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
ग्रामीण नारी उत्थान संघले गरेको विभिन्न कार्यहरुको संयुक्त रुपमा अनुगमन गरियो – Nigrani Today
ताजा खबरप्रदेश २समाचारसमाजस्थानीय

ग्रामीण नारी उत्थान संघले गरेको विभिन्न कार्यहरुको संयुक्त रुपमा अनुगमन गरियो

सर्लाही,२३ जेठ । सर्लाहीको हरिपुर नगरपालिकामा ग्रामीण नारी उत्थान संघ(रुवा) हरिपुर र हरिपुर नगरपालिका प्रतिनिधिले संयुक्त रुपमा ग्रामीण नारी उत्थान संघले हरिपुरमा गरिरहेका र बाँकी रहेका कार्यहरुको संयुक्त रुपमा अनुगमन गरेको छ ।सोमवार हरिपुर नगरपालिकाका उपप्रमुख निलम देवी यादव, शिक्षा शाखा प्रमुख नागेश्वर राय, स्वास्थ्य शाखा प्रमुख, समाजिक शाखाका प्रतिनिधि, ग्रामीण नारी उत्थान संघको तर्फ बाट उपाध्यक्ष विष्णु चालिसे, कोषाध्यक्ष सिमा कोइराला, सदस्यहरु सोभतिया कुँवर, रिता न्यौपाने, शान्ती महरा लगायतको प्रतिनिधिहरुले संयुक्त रुपमा विभिन्न योजनाहरुको अनुगमण गरेको हो ।

वडा नं. ७ मा रहेको आधारभुत विधालयमा कम्पाउण्ड वाल तथा कक्षा कोठा मर्मत र रंग रोगन, वडा नं. ८ स्थित जगतपुर प्रा.वि. विद्यालय भवन मर्मत, सौचालय मर्मत, बायोसेन्ट फिल्टर खाने पानि जडान, वडा नं. २ स्थित आधारभुत विद्यालय सखुवामा नमुना बाल विकास भवन केन्द्र निर्माण सम्पन्नको कार्यहरु गुणस्तर भए नभएको अनुगमण गरिएको थियो ।

त्यस्तै वडा नं. १ स्थित हरिहर आधारभुत विद्यालय जानकीनगरमा सौचल निर्माणको गुणस्तर, खानेपानीको लागि बायोसेन्ट फिल्टर, हजार बिघा स्वास्थ्य चौकी खानेपानीको लागि बायोसेन्ट फिल्टर, वडा नं. ६ स्थित बर्थिङ्ग सेन्टरमा कम्पाउण्ड वाल निर्माण कार्य, वालमा लाग्ने गेट , खानेपानीको लागि बायोसेन्ट फिल्टर जडान, र हरिपुर प्राथमिक स्वास्थ्य केन्द्रमा खानेपानीको लागि बायोसेन्ट फिल्टर जडान लगायतको विभिन्न योजनाहरुको अनुगमण गरिएको थियो ।

ग्रामीण नारी उत्थान संघ हरिपुरले गरेको कामहरुको नगरपालिकाले नजिक बाट निगरानी गरोस र अधुर काम तथा अन्य योजनाहरुमा संस्थाले गरेको काम झै योजनाहरु नगरपालिकाले अगाडी सारोस भन्ने उदेश्यका साथ नगरपालिकाको विभिन्न प्रतिनिधिहरुलाई अनुगमणमा लगिएको ग्रामीण नारी उत्थान संघका उपाध्यक्ष विष्णु चालिसेले जानकारी दिनुभयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.