९ चैत्र २०८०, शुक्रबार | Email:- [email protected] | [email protected]
ईश्वरपुर नगर प्रमुखको उदाहरणीय कार्य आफ्नो व्यक्तिगत खर्चमा विद्यालयलाई कम्प्युटर सहयोग गर्ने – Nigrani Today
ताजा खबरप्रदेश २राजनीतिसमाचारसमाजस्थानीय

ईश्वरपुर नगर प्रमुखको उदाहरणीय कार्य आफ्नो व्यक्तिगत खर्चमा विद्यालयलाई कम्प्युटर सहयोग गर्ने

सर्लाही,२३ जेठ । सर्लाहीको ईश्वरपुर नगरपालिकाका नगर प्रमुख मनोज कुमार आचार्य यति बेला चर्चामा आएको छ । सर्लाहीको २० पालिका मध्ये ईश्वरपुुरमा पद सम्भालेकै दिन देखि नगरको विकासमा नगर प्रमुख आचार्य मेहनत साथ विकास निर्माण कार्यमा अघि सर्नु भएको छ । बिगतको समयमा कोभिड देखि लिएर अनेकौ बिपत्तीमा पनि नगर प्रमखु आचार्य कुनै पदमा नहुदाँ पनि कैयौँ समाजिक कार्य गरेको अनेकौं उदाहरणहरु छ ।

यसै क्रममा नगर प्रमुख आचार्यले आफनो व्यक्तिगत खर्चबाट नारायण बहुमुखी क्याम्पस ईश्वरपुरलाई कम्प्युटर सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।क्याम्पसले नवनिर्वाचित जनप्रतिनिधि र स्नातक तह पहिलो वर्षका विद्यार्थीका लागि स्वागत गर्न आयोजना गरेको कार्यक्रममा मेयर आचार्यले निजी लगानीमा क्याम्पसलाई ५ थान डेक्सटप कम्प्युटर र ५ थान ल्यापटप सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।

मेयर आचार्यले क्याम्पसमा स्नाकोत्तर तहको पढाई संचालनमा लागि पहल गर्ने र यदी स्नाकोत्तर तहको पठनपाठन सुरुभए ५ जना छात्राहरुलाई आफ्नै खर्चमा निःशुल्क पढाउने समेत प्रतिबद्धता व्यक्त गरे ।

व्यवस्थापन समितिका अध्यक्ष उत्तमराज घिमिरेको अध्यक्षता, नगरप्रमुख आचार्यको प्रमुख आतिथ्यता, नगर उपप्रमुख रन्जिता देवी चौधरीको विशिष्ट आतिथ्यता र वडा नं. ६ का वडाध्यक्ष रहमान अन्सारीको आतिथ्यतामा नवनिर्वाचित जनप्रतिनिधि र स्नातक तहमा भर्ना भएका विद्यार्थीलाई एकैसाथ स्वागत गरिएको थियोे ।

त्यस्तै नगर प्रमुख आचार्यले ईश्वरपुर नगरपालिका वडा नं. ३ स्थित भक्तिपुरमा रहेको सरस्वती माध्यमिक विद्यालयमा अग्रेजी माध्यम बाट कक्षा संचालनमा ल्याउनु भएको छ । शिक्षाले मानव विकासका साथै मानव साचने क्षमताको विकास गर्न महत्वपुर्ण भूमिका खेलेको हुदाँ आफुले उक्त विद्यालयमा अग्रेजी माध्यमबाट कक्षा सुरु गर्न लगाएको बताउनुभयो । वर्तमान समयमा सामुदायिक विद्यालयहरुमा शिक्षाको स्थर खसकेको भएपनि आफनो नगरपालिकामा गुणस्तरीय शिक्षा नै प्रदान हुने नगर प्रमुख आचार्यको भनाइ थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.