१५ चैत्र २०८०, बिहीबार | Email:- [email protected] | [email protected]
सिकाइ परियोजनाको वार्षिक समीक्षा बैठक तथा बाल संरक्षण नीति विमोचन कार्यक्रम सम्पन्न – Nigrani Today
ताजा खबरप्रदेश २समाचारसमाजस्थानीय

सिकाइ परियोजनाको वार्षिक समीक्षा बैठक तथा बाल संरक्षण नीति विमोचन कार्यक्रम सम्पन्न

सर्लाही,२६ जेठ । सर्लाहीको चन्द्रनगर गाउँपालिकामा राष्ट्रिय रोजगार प्रवद्र्घन केन्द्रको वार्षिक समीक्षा बैठक सम्पन्न भएको छ । अष्ट्रेलियन एडको आर्थिक सहयोग तथा वल्र्ड भिजन इन्टरनेसनल, ह्याण्डीक्याफ इन्टरनेशनल, विश्व शिक्षा तथा राष्ट्रिय रोजगार प्रवद्र्घन केन्द्र सर्लाहीको साझेदारीमा सञ्चालित “समावेसी शिक्षा सुदृढीकरण (सिकाइ) परियोजना” अन्तर्गत बिहिवार समीक्षा बैठक सम्पन्न भएको हो ।

नाढि़तालको तालिम हाँलमा वार्षिक समीक्षा बैठकको शुरुवातमा चन्द्रनगर गाउँपालिकाको बाल संरक्षण नीति विमोचन पनि गरिएको थियो । चन्द्रनगर गाउँपालिकाले सिकाइ परियोजनाको आर्थिक तथा प्राविधिक सहयोगमा बाल संरक्षण नीति निर्माण गरेको थियो ।
चन्द्रनगर गाउँपालिकाका अध्यक्ष राजकुमार महतोले सिकाइ परियोजनाको कार्यक्रम विद्यालय स्तरमा, समुदाय स्तरमा र स्थानिय तहमा संचालन भएकोले यसको प्रतिफल धेरै नै राम्रो हुने छ बताउनु भयो ।

सिकाइ परियोजनाले आफ्नो नीति कार्यक्रम बजेट सहित गाउँपरिषद्बाट अनुमोदन गराउनु र अर्ध–वार्षिक र वार्षिक रुपमा बजेट सहित प्रतिवेदन स्थानिय तहमा पेश गर्ने अभ्यास धेरै राम्रो पक्ष हो । साथै प्रत्येक कार्यक्रममा उदे्श्य सहित खर्च विवरण प्रस्तुत गर्ने गरेको अभ्यास धेरै नै राम्रो छ ।

स्थानिय तह मार्फत संचालन हुने प्रत्येक कार्यक्रममा सिकाइ परियोजना जस्तै उदे्श्य सहित खर्च विवरण प्रस्तुत गर्नु पर्ने बताउनु भयो । सिकाइ परियोजनाको सहयोगमा चन्द्रनगर गाउँपालिकाले बनाएको समावेशी शिक्षा नीति, बाल संरक्षण नीति र स्थानिय पाठ्यक्रम कर्यनव्यनमा ल्याउनु पर्ने गाउँपालिका अध्यक्ष महतोले बताउनु भयो ।

राष्ट्रिय रोजगार प्रवद्र्घन केन्द्रका संरक्षण संयोजक नागेन्द्र प्रसाद शाहले सिकाइ परियोजनाले जुलाई २०२१ देखि जुन २०२२ सम्म गरेको कामको उपलब्धि तथा बाल संरक्षण नीतिमा उल्लेख भएका नीति बारे प्रस्तुत गर्नु भएको थियो ।

चन्द्रनगर गाउँपालिकाका अध्यक्ष महतो अध्यक्षतामा बसेको बैठकमा उपाध्यक्ष गिता देवी महतो, सबै वडाको वडा अध्यक्ष, शिक्षा शाखा प्रमुख हरिकान्तलाल कर्ण, शिक्षा अधिकृत कमला बस्नेत, स्वास्थ्य शाखा प्रमुख विरेन्द्र साह, महिला विकास शाखा प्रमुख नगिना साह, राष्ट्रिय रोजगार प्रवद्र्घन केन्द्रका, वल्र्ड भिजन लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको राष्ट्रिय रोजगार प्रवद्र्घन केन्द्रले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.