१० श्रावण २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
बागमती नदीमा सशस्त्रको विपद् पूर्व तयारी अभ्यास – Nigrani Today
ताजा खबरमधेश प्रदेशसमाचारसमाजस्थानीय

बागमती नदीमा सशस्त्रको विपद् पूर्व तयारी अभ्यास

सर्लाही,४ असार । सशस्त्र प्रहरीले शनिबार (आज ) दिउँसो सर्लाही र रौतहटको सीमा भएर बग्ने बागमती नदीमा मधेश प्रदेश स्तरीय विपद् पूर्व तयारी अभ्यास गरेको छ । प्रदेशका गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साहको प्रमुख आतिथ्यतामा बागमतीस्थित नुनथरमा महोत्तरीको बर्दिवासस्थित सशस्त्र प्रहरी बल नेपालको छिन्नमस्ता बाहिनीले विपद् पूर्व तयारी अभ्यास कार्यक्रम सम्पन्न भयको हो ।

कार्यक्रमका प्रमुख अतिथि मन्त्री साहले वर्षातको मौसम सुरु भइसकेकाले यसबाट उत्पन्न हुने विपत्तिको सामना गर्न तयारी अवस्थामा रहन सुरक्षा निकायका अधिकारीहरुलाई निर्देशन दिनुभयो । मन्त्री साहले विपत्तिमा परेकाको उद्धार तथा उनीहरुलाई राहत प्रदान गर्ने काममा प्रदेश सरकार प्रतिवद्ध र गम्भीर रहेको चर्चा गर्नुभयो ।

कार्यक्रममा सर्लाहीको बागमती नगरपालिकाका नगरप्रमुख भरत कुमार थापा, हरिवन नगरपालीकाका रमेश बूढाथोकी (कमल)¬¬ रौतहटको चन्द्रपुर नगरपालिकाका नगरप्रमुख सञ्जयकुमार काफ्ले, गृह तथा सञ्चार मन्त्रालयका प्रदेश सचिव रामकुमार महतो, आठवटै जिल्लाका जिल्ला सुरक्षा समितिका प्रमुख तथा प्रतिनिधिको उपस्थिति रहेको थियो । सशस्त्र प्रहरी बल छिन्नमस्ता बाहिनीका प्रमुख एवम् सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) गणेश ठाडा मगरले वर्षातको मौसम मधेश प्रदेशमा बाढी तथा डुबानको समस्या धेरै हुनेभएकाले सो समयमा गरिने उद्धार कार्यको पूर्व तयारी अभ्यास गरिएको उहाले जानकारी दिनुभयो ।

मगरले आवश्यक तालिम र पूर्व तयारी अभ्यास समेत सम्पन्न भएसँगै बाढी तथा डुबानको समस्या उत्पन्न हुँदा तत्कालै उद्धारको काम गर्न सशस्त्रको टोली तयारी अवस्थामा रहेको समेत्त बताउनुभयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.