१० श्रावण २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
सासापुर स्वास्थ्य चौकीलाइ एम्बुलेन्स हस्तान्तरण – Nigrani Today
ताजा खबरमधेश प्रदेशसमाचारसमाजस्थानीय

सासापुर स्वास्थ्य चौकीलाइ एम्बुलेन्स हस्तान्तरण

सर्लाही,४ असार । सर्लाहीको हरिवन नगरपालिका वडा नं. ४ मा रहेको स्वास्थ्य चौकीलाई एम्बुलेन्स प्राप्त भएको छ । हरिवन नगरपालिका ४ मा रहेको सासापुर स्वास्थ्य चौकीलाई एम्बुलेन्स प्राप्त भएको हो ।

हरिवन नगरपालिकामा विगत लामो समय देखि थन्कीएको एम्बुलेन्स नयाँ जनप्रतिनिधिहरु आए लगतै प्रयोग ल्याउन भन्दै हरिवन नगरपालिका ४ मा रहेको सासापुर स्वास्थ्य चौकीलाई एम्बुलेन्स हस्तान्तरण गरिएको हरिवन नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुरेन्द्र प्रधानले जानकारी दिनु भयो । उहाँका अनुसार हरिवन नगरपालिका ४ को सासापुर स्वास्थ्य चौकीले प्राथमिक स्वास्थ्य चौकी सो सरहको सेवा प्रदान गरि रहेको भएपनि एम्बुलेन्स नहुँदा बाहिर पठाउनु पर्ने बिरामीहरुलाई सास्ती भएको थियो ।

बिरामीहरुको त्यो समस्यालाई मध्य नजर गर्दै नगरपालिकामा थन्कीएको एम्बसुलेन्स नगर प्रमुख रमेश बुढाथोकी(कमल)ले एक कार्यक्रमका विच हरिवन नगरपालिका ४ का वडा अध्यक्ष अशोक थापा र सासापुर स्वास्थ्य चौकीका प्रमुख श्याम विनोद कुशबाहलाई संयुक्त रुपमा हस्तान्तरण गर्नु भएको हो ।

सासापुर स्वास्थ्य चौकीमा बिरामीहरुको अधिकब चाप हुनुका साथै स्वास्थ्य चौकी भएर पनि प्राथमिक स्वास्थ्य केन्द्र स्तरको स्वास्थ्य सेवा प्रदान गरि रहेको हुँदा मधेश प्रदेश ०२–००१ झ ०१९८ नम्बरको एम्बुलेन्स सासापुर स्वास्थ्य चौकीलाई नगरपालिकाले हस्तान्तरण गरेको नगर प्रमुख बुढाथोकीले बताउनु भयो । उहाँका अनुसार एम्बुलेन्स भएपनि स्वास्थ्य चौकीमा उपचार गर्न आएका बिरामीहरुलाईं अन्यन्त्र पठाउनु पर्दा थप सहज हुने र बिरामीहरुले सास्ती खेप्नू नप्रने नगर प्रमुखले बताउनु भयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.