१३ चैत्र २०८०, मंगलवार | Email:- [email protected] | [email protected]
डा. झाले दिए परोपकारी मनका युवाहरुलाई टि–सर्ट – Nigrani Today
प्रदेश २समाचारसमाजस्थानीय

डा. झाले दिए परोपकारी मनका युवाहरुलाई टि–सर्ट

प्रेमनाथ पौडेल
मलंगवा,२४ असोज ।सर्लाहीको मलंगवा नगरपालिका वडा नं.१० मा रहेको स्तुती सौम्य हेल्थ केयर सेन्टरका निर्देशक डा. गुणेश्वर झाले परोपकारी मनका युवाहरुलाई सम्मान स्वरुप टि–सर्ट वितरण गर्नु भएको छ ।

आइतवार डा. झाले समाजिक क्षेत्रमा निरन्तर क्रियाशिल युवाहरुको संस्था वि केयर वि क्यानका प्रतिनिधि युवाहरुलाई वडा दशैँको उपलक्ष्यमा २० थान टि–सर्ट वितरण गर्नुभएको स्तुती सौम्य हेल्थ केयर सेन्टरले जनाएको छ ।

वि केयर वि क्यान मार्फत युवाहरुले कोरोना महामारीको समयमा निरन्तर विपन्न तथा दलित परिवारमा राहत सामग्री वितरण गरेका थिए । युवाहरुले विभिन्न दाताहरु खोजेर सर्लाहीका विपन्न नागरीकहरुलाई कोरोनाको विषम परिस्थितिमा पनि सहयोग गरेको हुदाँ आफुले ति युवाहरुलाई सम्मान स्वरुप टि–सर्ट वितरण गरेको स्तुती सौम्य हेल्थ केयर सेन्टरका निर्देशक डा. झाले बताउनुभयो ।

समाजिक कार्यमा लाग्ने व्यक्तिहरु देख्दा आफु एकदम खुसि हुने गरेकोले ति युवाहरुको मनोबल बढाउन पनि आफुले सम्मान गरेको डा. झाको भनाई थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.