१० चैत्र २०८०, शनिबार | Email:- [email protected] | [email protected]
हरिपुर्वामा दुई कोठे विद्यलय भवन हस्तान्तरण – Nigrani Today
ताजा खबरप्रदेश २समाचारसमाजस्थानीय

हरिपुर्वामा दुई कोठे विद्यलय भवन हस्तान्तरण

मुकेश झा
सर्लाही,६ असार ।सर्लाहीको हरिपुर्वा नगरपालिकामा २ कोठे आर.सी.सी. विद्यालय भवन हस्तान्तरण गरिएको छ । वडा नं. ५ स्थित रहेको सोनफी अधारभूत विद्यालयलाई राष्ट्रिय रोजगार प्रवद्र्धन केन्द्र, सर्लाहीले भवन निर्माण गरी सोमवार हस्तान्तरण गरेको हो ।

अष्ट्रेलियन एड, ह्यान्डीक्याप इन्टरनेशनल, वर्लड एजुकेशन तथा वर्लड भिजनको सहयोगमा संचालित समावेसी शिक्षा सुदृढीकरण(सिकाई) परियोजना अन्तर्गत निर्माण भएको उक्त भवन राष्ट्रिय रोजगार प्रवद्र्धन केन्द्रले हरिपुर्वा नगर प्रमुख बिनोद साहको उपस्थितिमा विद्यालयलाई हस्तान्तरण गरेको आयोजक संस्थाले जनाएको छ ।

विद्यालय भवन २०७८ असोज २४ गते बाट रु ३७ लाख ५६ हजार ८ सय ९१ रुपैया लागतमा ठेक्केदार कम्पनीले निर्माण कार्य सुरु गरेको थियो । २०७८ चैत्र १३ गते विद्यालय भवन निर्माण कार्य सम्पन्न भएपछि सोमवार विद्यालयलाई भवन हस्तान्तरण गरिएको राष्ट्रिय रोजगार प्रवद्र्धन केन्द्र, सर्लाहीले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.