१० श्रावण २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
नगर प्रमुख आचार्यले दिए विकास निर्माण कार्यमा तिब्रता – Nigrani Today
ताजा खबरमधेश प्रदेशसमाचारस्थानीय

नगर प्रमुख आचार्यले दिए विकास निर्माण कार्यमा तिब्रता

सर्लाही,६ असार । सर्लाहीको ईश्वरपुर नगरपालिकाको नगर प्रमुख मनोज कुमार आचार्यले विकास निर्माणको कार्यमा तिब्रता दिनुभएको छ । यसैक्रममा वडा नं. २ मियाखोरमा सोमबार नगरप्रमुख आचार्यले पक्की पुलको शिलान्यास गर्नुभएको छ ।

त्यहाँ पुल बन्ने भएपछि मेयर आचार्यको हाईहाई हुन थालेको छ । केही दिनअघि वडा नम्बर १ र ३ जोड्ने बालगंगा खोलामा पक्की पुलको शिलान्यास गर्नुभएका मेयर आचार्यले फेरी पनि अर्को महत्वपूर्ण पक्की पुलको शिलान्यास गर्नुभएको हो । वडा नम्बर २ को मियाँखोर र राईटरखोर जोड्ने पुलको शिलान्यास भएसँगै स्थानीय हर्षित भएका छन् । वडा नम्बर २ का वासिन्दा मात्रै नभई ईश्वरपुर नगरवासीले समेत मेयर आचार्यको प्रसंशा गर्न थालेका छन् । उनीहरुले आफूहरुले ठीक ठाउँमा भोट हालेर काम गर्ने मान्छेलाई नै जिताउन पाएकोमा गौरव महसुस भएको बताएका छन् ।

बर्खाको समयमा वडावासीलाई आवत–जावत गर्न निकै नै समस्या हुने गरेको थियो । त्यहाँ पुल बन्नेभएपछि वडावासीका खुशिले गदगद भएका छन् । अझ नगरप्रमुख मेयर आचार्यले सो पुल २५ दिनभित्र सम्पन्न गराउने वाचा गर्नुभएपछि वडावासी झनै हर्षित भएका छन् । नगरप्रमुख आचार्यले पुलको काम धमाधम गर्न ठेकेदारलाई निर्देशन दिनुभएको छ ।

वडाअध्यक्षसहित अन्य निर्वाचित जनप्रतिनिधि र वडावासीहरुको उपस्थितिमा शिलान्यास गरिएको पुल भ्याटसहित ३९ लाख ८९ हजार ५३२ रुपैयाँ ७२ पैसामा बन्ने भएको हो । सो पुल निर्माणका लागि नगरपालिकाले २०७८ साल चैत्र २९ गते नै मकवानपुर स्थित एमएस अमृता कन्ट्रक्सनसँग सम्झौता गरेको थियो ।असार २५ गतेसम्म सम्पन्न हुनु पर्ने सो पुलको निर्माण कार्य स्थानीय तहको निर्वाचनका कारण ढिलो गरी सुरु भएको हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.