१० श्रावण २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
लालबन्दीमा बहुजन एकता पार्टी नेपालको ३५ सदस्यीय कमिटी गठन – Nigrani Today
ताजा खबरमधेश प्रदेशराजनीतिसमाचारसमाजस्थानीय

लालबन्दीमा बहुजन एकता पार्टी नेपालको ३५ सदस्यीय कमिटी गठन

सर्लाही,७ असार ।सर्लाहीको लालबन्दी नगरपालिका वडा नं. २ मा बहुजन एकता पार्टी नेपालको ३५ सदस्यीय कमिटी गठन गरिएको छ ।

मगंलवार बहुजन एकता पार्टी नेपालका वरिष्ठ नेता राजाराम पासवानको प्रमुख आतिथ्यतामा उर्मिला कुमारी नेपालीको अध्यक्षतामा महिला संगठन तर्फ ३५ सदस्यीय कमिटी गठन गरिएको बहुजन एकता पार्टी नेपालले जनाएको छ ।

कमिटीको उपाध्यक्षमा शान्ता लामा, गोपी अधिकारी, दिल माया राई, सचिवमा पुनम सार्की, कोषाध्यक्षमा माया मगर, सह-सचिवमा सिकिया महतो, सदस्यहरुमा कन्दु नेपाल, जयकला यादव, निर्मला दास लगायत गरी ३५ सदस्यीय कमिटी गठन गरिएको हो ।

यसैगरी बहुजन किसान संगठन तर्फ केशव चौलागाईको अध्यक्षतामा १५ सदस्यीय कमिटी पनि गठन गरिएको छ । बहुजन किसान संगठनको उपाध्यक्षमा नर बहादुर लुङ्गेली, सरोज पासवान, सचिवमा मीन बहादुर घिसिङ्ग, कोषाध्यक्षमा शिशेश्वर दास, सदस्यहरुमा,हरिचन्द्र पाख्रिन, बेनी राना मगर, महेश राम लगायत गरी१५ सदस्य ककिटी गठन गरिएको बहुजन एकता पार्टी नेपालले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.