१० श्रावण २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
क्यानाडामा हुने लायन्स क्लब अन्तराष्ट्रिय कन्भेन्सन कार्यक्रममा सर्लाहीका शर्मा सहभागी हुने – Nigrani Today
ताजा खबरमधेश प्रदेशसमाचारसमाजस्थानीय

क्यानाडामा हुने लायन्स क्लब अन्तराष्ट्रिय कन्भेन्सन कार्यक्रममा सर्लाहीका शर्मा सहभागी हुने

सर्लाही,९ असार । क्यानाडामा हुने लायन्स क्लब अन्तराष्ट्रिय कन्भेन्सन कार्यक्रममा सर्लाही बाट पनि एक जना प्रतिनिधि चुनिएर सहभागी हुने भएको छ ।

क्यानाडामा हुने लायन्स क्लब अन्तराष्ट्रिय कन्भेन्सन कार्यक्रममा लायन्स क्लब अफ लालबन्दी सेन्चुरीका संस्थापक अध्यक्ष साकार शर्मा आज काठमाण्डौं बाट फलाइट चढेर क्यानाडा जाने लायन्स क्लब अफ लालबन्दी सेन्चुरी का सचिव मोहन राउतले जानकारी दिनुभयो ।

यो सर्लाहीका लागि महत्वपूर्ण उपलब्धी हो, शर्मालाई सर्लाहीबाट लायन्स क्लब अफ लालबन्दी सेन्चुरीले भव्य सम्मान गरी क्यानाडाका लागि बिदाई गरेको राउतले जानकारी दिनुभयो ।

क्यानाडामा हुने लायन्स क्लब अन्तराष्ट्रिय कन्भेन्सन कार्यक्रम ४ दिने चलने छ ,कार्यक्रम शुक्रवार देखि सुरु भई मंगलवार समापन हुने छ ।

लायन्स क्लब अन्तराष्ट्रिय कन्भेन्सन कार्यक्रममा विभिन्न देशमा क्लबले गरेका कार्यहरु, अगामी दिनमा पनि क्लबले खेलन सक्ने भुमिका लगायत विभिन्न विषयमा छलफल हुने सचिव राउतले बताउनुभयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.