१० चैत्र २०८०, शनिबार | Email:- [email protected] | [email protected]
सर्लाहीमा एक युवकको विभत्स हत्या – Nigrani Today
ताजा खबरप्रदेश २समाचारसमाजस्थानीय

सर्लाहीमा एक युवकको विभत्स हत्या

सर्लाही,७ असार । सर्लाहीमा एक जना युवकको विभत्स हत्या गरी फालिएको अवस्थामा शव फेला परेको छ । गए राति कविलासी नगरपालिका वडा नं. ८ अगर्वा बस्ने २४ वर्षिय अमरेन्द्र ठाकुरको अज्ञात व्यक्तिले विभत्स हत्या गरेको छ ।

आज बिहान स्थानियले मृत्क ठाकुरको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । ठाकुरलाई धारिलो हतियार प्रयोग गरेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । ठाकुरको हत्या बारे अहिले प्रहरीले अनुसन्धान कार्य गरिरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायव उपरीक्षक माधव प्रसाद बुधाथोकीले जानकारी दिए ।

गए साझ देखि नै हराएको ठाकुरको आज अगर्बा चौक देखि पश्चिम निस्किने करिब ५ सय मिटर सडक किनारमा शव फेला परेको थियो । ठाकुरको घाटीको अगाडी तथा पछाडी भागमा धारिलो हतियारले घाँटी रेटि हत्या गरिएको स्थानियहरुको अनुमान रहेको छ ।

ठाकुरलाई लुटपाट नगरिएको हुदाँ व्यक्तिगत रिसीबी साधने उदेश्यले हत्या भएको हुन सक्ने कविलासी नगरपालिकाका कार्यपालिका सदस्य बिनय कर्णले जानकारी दिनुभयो । मृत्क ठाकुरले अगर्वा चौकमा फर्निचर उधोग खोलेका थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.