१० श्रावण २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
चिया बेचेरै मन्दिर बनाएका साहले गरे बरमबाबाको पूजा – Nigrani Today
ताजा खबरमधेश प्रदेशसमाचारसमाजस्थानीय

चिया बेचेरै मन्दिर बनाएका साहले गरे बरमबाबाको पूजा

लालबन्दी । सर्लाहीको लालबन्दीस्थित डुमडुमे मन्दिर परिसरमा रहेको सातों बहिनी माताको मन्दिर एवम् ब्रह्म बाबाको गहवरमा भव्य पूजाआराधना भएको छ ।लालबन्दीमा चिया पसल चलाउँदै आउनुभएका विनोद भान्जाको नामले परिचित विनोद कुमार साहले आठ वर्षअघि निर्माण गराउनुभएको मन्दिरमा हरेक वर्षझै यस वर्ष पनि भव्यरुपमा ब्रह्मबाबाको पूजाआराधना गरिएको हो ।

शुक्रबार भव्य पूजाआजा गराउनुभएका साहले मानिसहरुलाई बोलाएर प्रसाद खुवाएर पठाउनुभएको छ । यहाँ मन्दिरमा भाकल गर्ने र पूजा गर्ने भक्तजनहरुले चिताएको पुग्ने गरेको उहाँको दाबी छ । उहाँले भन्नुभयो, ‘जसले माताको दर्शन गर्छ, नियमित पूजा गर्छ, माताको प्रसाद ग्रहण गर्छ, उसले मनले चिताएको पूरा हुन्छ ।’

चिया बेचेर जिवन गुजारा गर्दै आउनुभएका साहले दाताहरुको सहयोगमा मन्दिर निर्माण गराउनुभएको भएपनि पूजाभने वर्षेनी व्यक्तिगत खर्चमै गराउँदै आउनुभएको छ । आफूले मन्दिरमा नियमित रुपमा विहान बेलुका नै पूजापाठ गराउने गर्नुभएका साहले वर्षमा एकपटक मन्दिरमा भव्य पूजा लगाउने गरेको बताउनुभयो ।

‘माताको आशिर्वादले म र मेरो परिवारलाई राम्रो भएको छ । मैले डुमडुमे मन्दिर परिसरमा माता र ब्रह्मबाबाको मन्दिर बनाउने कबुल गरेको थिए । त्यो पनि माताकै आर्शिवादले पूरा भएको हो । मेरोमा चिया खान आउनुहुने र लालबन्दीका अन्य दयालु दातामहानुभावहरुबाट थोरै थोरै रकम संकलन गरेर र अपुग रकममा चिया बेचेको पैसा थपेर मन्दिर बनाएको हुँ’, साहले भन्नुभयो,‘देशमा शान्ति होस् र लालबन्दीवासीलाई पनि सुख शान्ति मिलोस् भन्ने कामनाका साथ मैले वर्षेनी मन्दिरमा पूजा लगाउने गरेको छु ।’

धर्मकर्ममा औधी आस्था राख्ने गर्नुभएका साह लालबन्दीका भाइरल व्यक्ति हुन् । विनोद भान्जा भनेपछि उनलाई लालबन्दीमा मात्रै नभएर पूर्वपश्चिम राजमार्गभएर यात्रा गर्ने मेचीदेखि महाकालीसम्मकै मानिसहरुले चिन्ने गरेका छन् । उहाँको चिया पसलमा विहानदेखि बेलुका सम्म नै चिया खाने ग्राहकको घँुईचो लागेको हुन्छ ।

अरुभन्दा फरक र छुच्चो स्वभाव भएका साह देशका समसामयिक विषयमा पनि बेलाबेलामा असन्तुष्टी पोख्ने गर्नुहुन्छ । गतिलो र देशलाई माया गर्ने मान्छे नेतृत्वमा नभएकै कारण गरीब झन गरीब र धनी झन् झन् धनी बन्दै गएको तर देश नै टाट पल्टने अवस्था आएको बताउनुहुन्छ ।

मिठो चिया पकाउने राम्रो कला भएका साहले चिया बेचेर नै छोराछोरी पठाउने र घर खर्च चलाउने गर्नुभएको छैन । उहाँले चिया बेचेरै लालबन्दीमा ५ कोठाको पक्की घर समेत बनाईसक्नु भएको छ ।अब ठुलो छोरालाई अष्ट्रेलिया पठाउने सपना रहेको बताउनुहँुदै साहले छोरा अष्ट्रेलिया गएपछि आफ्नो सपना पूरा हुने र दुःखका दिन सकिने बताउनुभयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.