१० श्रावण २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
समाजबादी प्रेस संगठन मधेस प्रदेसको बिस्तारित बैठक सम्पन्न – Nigrani Today
ताजा खबरमधेश प्रदेशसमाचारसमाज

समाजबादी प्रेस संगठन मधेस प्रदेसको बिस्तारित बैठक सम्पन्न

बिरगंज । समाजबादी प्रेस संगठन नेपाल मधेस प्रदेस समितिको बिस्तारित बैठक बिरगंजमा आज सम्पन्न भएको छ ।
बैठकले श्रावण २८ र २९ गते मधेस प्रदेशको अधिबेशन गर्ने निर्णय गरेको छ ।

प्रदेश अधिबेशन अगावै श्रावण १५ गते भित्रैमा आठ वटा जिल्लाकै जिल्ला अधिबेशनहरु समेत गर्ने निर्णय गरेको छ ।

संगठनका प्रदेश संयोजक बृजलाल पासवानको अध्यक्षता र नेकपा ( एकीकृत समाजबादी ) का पोलिटब्युरो सदस्य एंव मधेस प्रदेश कमीका उपाध्यक्ष रामचन्द्र साहको प्रमुख आतिथ्यमा सम्पन्न बैठकले असार मसान्त भित्रमा आठ वटै जिल्लाका सदस्यहरुको अध्यावधी गरि प्रदेश समितीमा बुझाउने निर्णय समेत भएको छ ।

यस्तै संगठन एंव सदस्यता बिस्तारको बिषयमा समेत विशेष छलफल भएको संगठनका संयोजक पसावानले बताए ।

बैठकले संघ र प्रदेश निर्वाचन केन्द्रित प्रचार अभियान चलाउने निर्णय गर्नुको साथै समाजबादी प्रेस संगठनका उपाध्यक्ष सितल साह बृहतर जनकपुर बिकास परिषदको अध्यक्ष र संगठनका सिरहा अध्यक्ष राजकुमार राउत सुरुङ्गा ना ।पा (१ का वार्ड अध्यक्षमा निर्वाचित हुनुभएकोमा बधाई एवं सम्मान व्यक्त गरेको छ ।

बैठकमा केन्द्रिय प्रचार बिभागका सचिव प्रकाश खतिवडा , संगठनका उपाध्यक्ष सितल साह , महासचिव भुपराज खडका , नेकपा एस पर्साका कार्यवाहक अध्यक्ष गंगा खडका,नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य, संगठनका सचिव एंव मधेस प्रदेशका इन्चार्ज सुभाष साह, सह ( इन्चार्ज राघव साह लगाएतले मन्तव्य ब्यक्त गर्दै संगठन निर्माणमा जुटनु पर्ने बताए । कार्यक्रमको संचालन केन्द्रीय सदस्य रमेश सुबेदीले गरेका थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.