१० श्रावण २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
ईश्वरपुरमा १ सय ८० जेष्ठ नागरीकको स्वास्थ्य परिक्षण गरियो – Nigrani Today
ताजा खबरमधेश प्रदेशशिक्षा स्वास्थ्यसमाचारसमाजस्थानीय

ईश्वरपुरमा १ सय ८० जेष्ठ नागरीकको स्वास्थ्य परिक्षण गरियो

सर्लाही,१९ असार । सर्लाहीको ईश्वरपुरमा १ सय ८० जना जेष्ठ नागरीकहरुको निःशुल्क स्वास्थ्य परिक्षण गरिएको छ । नगर स्वास्थ्य शाखाले जेष्ठ नागरीकसँग मेयर कार्यक्रम अन्तरगत एक कार्यक्रमको आयोजना गरी उहाँहरुको स्वास्थ्य जाँच गरी निःशुल्क औषधी वितरण गरेको हो ।ईश्वरपुर नगरपालिका ४ का वडाअध्यक्ष प्रेम कुमार थिङ्गको अध्यक्षता तथा नगरप्रमुख मेयर मनोज कुमार आचार्यको प्रमुख आतिथ्यतामा उपमेयर रंजितादेवी चौधरीले शिविरको उदघाटन गर्नुभएको थियो ।

शिविरको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रमुख अतिथि मेयर आचार्यले आफूले विगतमा गरेको प्रतिबद्धता अनुरुप नै नगरका जेष्ठ नागरीकहरुको नियमित स्वास्थ्य जाँच गर्ने व्यवस्था मिलाएको बताउनुभयो । उहाँले आफू राजनीतिमा आउनु अघि कोरोनाकालमा पनि ईश्वरपुरवासी आमाबुबा दाजुभाई दिदीबहिनीहरुको स्वास्थ्यमा सेवा गर्ने मौका पाएको र अहिले मेयर भएपछि त्यसलाई निरन्तरता दिन सकेकोमा खुशि लागेको बताउनुभयो ।उहाँले नगरका झण्डै सात हजार लालपूर्जाविहीन र भूमिहीनलाई आफू मेयर भएको दुईदेखि तीन महिनाभित्र रातो पूर्जा उपलब्ध गराउने प्रतिबद्धता अनुरुप आफूहरुले काम गरिरहेको बताउनुभयो । उहाँले नगरवासीलाई स्वास्थ्य, शिक्षा र खानेपानीमा सहज पहुँच उपलब्ध गराउने बताउनुभयो । जेष्ठ नागरीकहरुको सम्मानमा शिविर आयोजना गरिएकोले शिविर नगरभरी नै निरन्तर चलाईने बताउनुभयो ।

शिविरमा डाक्टर राकेश साहले जेष्ठ नागरीकहरुको स्वास्थ्य जाँच गर्नुभएको नगर स्वास्थ्य शाखाका संयोजक सुगेन्द्र महतोले बताउनुभयो ।
शिविरका अवसरमा जेष्ठ नागरीकहरुको निःशुल्क स्वास्थ्य जाँच गरी विभिन्न प्रकारका औषधी निःशुल्क दिनुका साथै उहाँहरुलाई प्रतिव्यक्ति आधा÷आधा किलो हर्लिक्स समेत प्रदान गरिएको थियो ।त्यस्तै शिविरमा ईश्वरपुर आयुर्वेदिक औषधालयले समेत जेष्ठ नागरीकहरु स्वास्थ्य जाँच गरी निःशुल्क औषधी दिएको छ । औषधालयले शिविरमा आएका २१२ जनाको स्वास्थ्य जाँच गरी १७ प्रकारका आयुर्वेदिक औषधी दिएको नगरस्वास्थ्य शाखाले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.