१२ चैत्र २०८०, सोमबार | Email:- [email protected] | [email protected]
सर्लाहीमा लाखौं रकमसहित ६ जना जुवाडे पक्राउ – Nigrani Today
ताजा खबरप्रदेश २समाचारसमाजस्थानीय

सर्लाहीमा लाखौं रकमसहित ६ जना जुवाडे पक्राउ

सर्लाही प्रहरीले हरिवन नगरपालिकास्थित बजार क्षेत्रको एक घरबाट लाखौँ रकमसहित ६ जना जुवाडेलाई पक्राउ गरेको छ ।आइतबार साँझ इलाका प्रहरी कार्यालय हरिवनबाट खटिएको प्रहरी टोलीले जुवा खालबाट छापा मारेको हो । जुवा खेलिरहेका उनीहरूको साथबाट मोटो रकम बरामद भएको प्रहरी श्रोतले जनाएको छ ।

तर, प्रहरीले पक्राउ परेकाहरूको विवरण र उनीहरूको साथबाट बरामद भएको रकम सार्वजनिक गर्न आलटाल गरिरहेको छ ।प्रहरीले लामो समय देखी जुवा खाल सञ्चालन भइरहेको सुराकीको आधारमा छापा मारेको थियो ।

पक्राउ परेका ६ जनाको विवरण र बरामद पैसाकोसमेत मुचुल्का तयार गर्ने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका एसपी प्रवीण पोखरेलले जानकारी दिए । पक्राउ परेकालाई छुटाउने विषयमा दबाब सुरु भइसकेको एक प्रहरीले जानकारी दिए ।

स्थानीयका अनुसार उक्त घरमा लामो समयदेखि जुवा सञ्चालन हुँदै आएको थियो । पक्राउ परेका जुवाडेलाई अहिले इलाका प्रहरी कार्यालय हरिवनले नियन्त्रणमा राखेर सोधपुछ गरिएको प्रहरीको भनाइ छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.