१५ चैत्र २०८०, बिहीबार | Email:- [email protected] | [email protected]
आफनै भवनमा सर्यो हरिवन वडा नम्बर ८ को वडा कार्यालय – Nigrani Today
ताजा खबरप्रदेश २समाचारसमाजस्थानीय

आफनै भवनमा सर्यो हरिवन वडा नम्बर ८ को वडा कार्यालय

भक्ती रिजाल

सर्लाही,३ असोज ।हरिवन नगरपालिका वडा नम्बर ८ को वडा कार्यालय आजबाट आफ्नै भवनमा सरेको छ । वडाको पुरानो बजार स्थित जग्गामा बनेको ४ कोठे नया भवनको

आज एक कार्यक्रमका बिच पुर्ब रक्षामन्त्री एबं सर्लाही क्षेत्र नम्बर तीनका सांसद हरि उप्रेतीले उद्घाटन गर्नु भएको वडा नम्बर ८का वडा अध्यक्ष प्रज्वल ढुंगानाले जानकारी दिनु भयो ।

भोलिबाट वडा कार्यालयले केही नया कामको थालनी गर्ने योजना रहेको पनि अध्यक्ष ढुंगानाले बताउनु भयो ।

जस अंतरगत निबेदन तथा लेखापढीका काममा सेवाग्राहीलाई कार्यालय बाटै सुबिधा दिने कार्यको थालनी गरिने छ । यसैगरी ” रास्ट्रका लागि खेलकुद – स्वास्थ्यका लागि खेलकुद भन्ने नारालाइ आत्मसात गर्दै कराँते खेलका प्रशिक्षकको ब्यबस्था वडाले नै गर्ने पनि ढुंगानाले बताउनु भयो । जस्का कारण युवाहरूलाई अनुशासनमा रहन प्रेरणा मिल्ने उहाँको भनाइ छ ।

उद्घाटन कार्यक्रममा हरिवन नगरपालिकाका मेयर रमेश बुढाथोकी उप-मेयर हरिमाया घलान लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।

वडा अध्यक्ष ढुंगानको अध्यक्षतामा भएको कार्यक्रममा स्कुल टोल सुधार संस्था का सदस्यहरु संगै स्थानिय बासीको बाक्लो उपस्थिति रहेको थियो ।

यस अघि वडा कार्यालय भाडामा संचालन हुँदै आएको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.