१० श्रावण २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
विधुुतीय समस्या समाधान गर्न छलफल – Nigrani Today
ताजा खबरमधेश प्रदेशसमाचारसमाजस्थानीय

विधुुतीय समस्या समाधान गर्न छलफल

सर्लाही,२३ असार । सर्लाहीको चन्द्रनगर गाउँपालिकामा रहेको विभिन्न विधुुतीय समस्या समाधान गर्न चन्द्रनगरका अध्यक्ष राजकुमार महतोले नेपाल विधुुत प्राधिकरण मलङ्गवा वितरण केन्द्रका कार्यालय प्रमुख विनोद यादव सँग छलफल गरेको छ । चन्द्रनगर गाउँवपासीले विभिन्न विधुुतीय समस्या खेप्दै आएकोले उक्त समस्या समाधान गर्नको लागि अफुले नेपाल विधुुत प्राधिकरण मलङ्गवा वितरण केन्द्रका कार्यालय प्रमुख यादव छलफल गरेको गाउँपालिका अध्यक्ष महतोले बताए ।

गाउँपालिकाका विभिन्न क्षेत्रमा पोल र बिजुली जडान गरि सकिएकोमा लाईन संचालन गराउन , गाउँपालिकाका सबै वडा र टोलमा बिजुुलीका तार पोलको लेभल तल भएकोले सो तार पोलको रिटेन्सन कार्य गराउन, गाउँपालिका भरीका नयां बस्ती तथा छुुटेका क्षेत्रमा बिजुली तार पोलको अभावमा अध्यांरोमा जीवन जिउन बाध्य परिवार तथा क्षेत्रमा घर विधुुतीकरणको लागि पोल तारको व्यवस्था गराउन, नाढी टोलमा रहेको ट्रान्सफरमरको क्षमता १०० केभिए बाट २०० केभिएमा अभिवृद्धि गराउन लगायत विभिन्न विषयमा छलफल भएको चन्द्रनगर गाउँपालिका अध्यक्ष महतोको निजी सचिवालयले जनाएको छ ।

विद्युतीय समस्या समाधानको लागि चन्द्रनगर गाउँपालिका र नेपाल विधुत प्राधिकरण मलङ्गवा वितरण केन्द्रको संयूूक्त रुपमा कार्य अगाडी बढाउने सकारात्मक निष्कर्श बिहिवारको छलफल बैठकको रहेको चन्द्रनगर गाउँपालिका अध्यक्ष महतोको निजी सचिवालयले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.