८ चैत्र २०८०, बिहीबार | Email:- [email protected] | [email protected]
प्रदेश सभा सदस्य उपेन्द्र महतोको नियमापत्ती पछि प्रदेश सभाको बैठक स्थगित – Nigrani Today
ताजा खबरप्रदेश २राजनीतिसमाचार

प्रदेश सभा सदस्य उपेन्द्र महतोको नियमापत्ती पछि प्रदेश सभाको बैठक स्थगित

जनकपुरधाम ।बिहिवार आषाढ़ २३ गते मधेश प्रदेशको प्रदेश सभाको बैठकमा प्रदेश सभा सदस्यको गणपुरक संख्याको अभावमा प्रदेश सभाको बैठक स्थगित भएकोछ।
गृह तथा संचार मन्त्री भरत प्रसाद साहले प्रदेश सभामा प्रस्तुत गर्नुभएको प्रदेश संचार एन २०७७ लाई संसोधन गर्न बनेको बिधेयक परित गरियोस भन्ने प्रस्ताव सभामुख सरोज यादवले निर्णायर्थ प्रस्तुत गर्दा लोकतान्त्रिक समाजवादी पार्टी नेपालका प्रदेश सभा सदस्य उपेन्द्र महतोले उठेर प्रदेश सभा कार्य संचालन नियमावली, २०७५ को परिच्छेद ५ को धारा २५ को उपधारा १ बमोजिम नियमापत्ती गरेका थिए। प्रदेश सभा कार्य संचालन नियमावली, २०७५ को परिच्छेद ५ को धारा २५ को उपधारा १ मा “बैठकसमक्ष तत्काल विचाराधीन रहेको बिषयमा कुनै सदस्यलाई नियम उल्लंघन भएको छ भन्ने लागेमा जुन नियम उल्लंघन भएको हो सो खुलाई नियमापत्ती उठाउन सक्नेछ” भन्ने ब्यवस्था गरिएकोछ।

सभामुखले महतोलाई कुन नियम उल्लंघन भएको हो सो खुलाउन भनेका थिए। महतोले नेपालको संबिधान २०७२ को दफÞा १८५ उल्लंघन भएकोले नियमापत्ती गरेको बताए। नेपालको संबिधान २०७२ को दफÞा १८५ मा प्रदेश सभाको गणपुरक संख्या सम्बन्धमा लेखिएको छ “प्रदेश सभाको बैठकमा सम्पूर्ण सदस्य संख्याको एक चौथाई सदस्य उपस्थित नभएसम्म कुनै प्रश्न वा प्रस्ताव निर्णयका लागि प्रस्तुत गरिने छैन” भन्ने ब्यवस्था गरिएकोछ।
सभामुखले प्रदेश सभा बैठक कक्ष बाहिर रहेका प्रदेश सभा सदस्यहरूलाई प्रदेश सभा बैठक कक्षमा उपस्थित हुनका लागी ३ मिनेट घण्टी बजाउन लगाएका थिए। तत्पश्चात् सभामुखले कर्मचारिलाई प्रदेश सभा बैठक कक्षमा उपस्थित प्रदेश सभा सदस्यलाई गन्न लगाउदा १८ जना प्रदेश सभा सदस्य मात्र पाईएको जुन प्रदेश सभाको बैठकमा सम्पूर्ण सदस्य संख्या १०१ को एक चौथाई यानी २६ भन्दा कम रहेकोले सभामुखले आजको बैठक भोली दिउसो ३ बजे बस्ने गरि स्थगित गरेका थिए।

हाल सरकारसँग दुई तिहाईको बहुमत रहेपनि प्रदेश सभाको बैठकमा चाहिने गणपुरक संख्या पुर्याउन सकेन।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.