१० श्रावण २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
सर्लाहीमा दाइजोका कारण श्रीमान,देवर र ससुरा मिलि युवतीको गरे हत्या – Nigrani Today
ताजा खबरमधेश प्रदेशसमाचारसमाजस्थानीय

सर्लाहीमा दाइजोका कारण श्रीमान,देवर र ससुरा मिलि युवतीको गरे हत्या

सर्लाही,८ श्रावन । सर्लाहीको पर्सा गाउँपालिकामा दाइजोका कारण एक युवतीको हत्या भएको आशंका गरिएको छ ।पर्सा गाउँपालिका वडा नं.१ शितलपुर बस्ने बालदत्त भन्ने रमजेश कुमार रायले, रायको बुवा राम प्रताप राय र रायको भाइ राजु यादव गरी तिनै जना मिलि २० वर्षीया निशा यादवको हत्या गरेको छ ।

निशाको शव ४८ दिन पछि अभियुक्तहरुको आफ्नो घर देखि करिव ४ कि.मि.पूर्व उत्तर तर्फ रहेको आफ्नै २ कठ्ठा क्षेत्रफल खेतमा खाल्डो खनी लाश पुरेको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । घटनामा संलग्न श्रीमान सहित ३ जनालाई प्रहरीले पक्राउ गरिसकेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । गत जेठ २३ गते मोहत्तरीको सोनमा गाउँपालिका वडा नं. ६ मगरथाना बस्ने निशाको वुवा कैलाश रायले जिल्ला प्रहरी कार्यालयमा छोरी खोज तलाश तथा विपक्षीहरुलाई आवश्यक कार्वाही गरी पाउ वारेमा निवेदन दिएका थिए ।

यसैगरी निशाको वुवाले दिएको निवेदको भोलिपल्ट जेठ २४ गते निशाको ससुरा राम प्रतापले जिल्ला प्रहरी कार्यालयमा बुहारी निशा हराएकोले खोज तलास गरी पाउँ भनी निवेदन दिएका थिए ।

निवेदका अधारमा प्रविधियूक्त बिश्लेषण गर्ने क्रममा निशा यादवको घर परिवारको सदस्यहरु उपर शंका लागि निजको श्रीमान े रमजेश , ससुरा राम प्रताप र देवर राजु सँग घटनाको सम्बन्धमा बास्तविक बुझ्ने क्रममा निशाको हत्या गरेको स्विाकारेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक बिजय यादवले जानकारी दिए ।

शव पुरेको स्थलमा प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम, जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीषक प्रवीण पोखरेल समेतको अनुसन्धान टोली खटी गई निजहरुले देखाएको स्थान धान रोपेको खेतको आली छेउमा लम्बाई ५ फिट ३ ईन्च, चौडाई ४ फिट १ ईन्च र गहिराई ६ फिट २ ईन्च खाल्डो खन्दा जलेको अवस्थामा जुटको बोरा, पराल, रातो रङको साडी तथा सडी गलेको अवस्थामा लाश फेला परेको प्रहरी नायव उपरीक्षक यादवले जानकारी दिए ।

घटना के कारणले घटेको अहिले खुल्न सकेको छैन अनुसन्धान कार्य भैरहेको प्रहरी नायव उपरीक्षक यादवले बताए ।
मृत्क निशाको १ वर्ष पहिला अन्दाजी २५ वर्षिय बालदत्त भन्ने रमजेश सँग मागी विवाह भएको थियो । विवाहको केहि महिना पछि छोरीलाई दाइजोको निहुमा पटक पटक मानसिक तथा शाररीक यातना समेत दिएको मृत्कको वुवा कैलाशले दावी गरे ।

मधेशी समाजमा छोरीको घर छुटाउदाँ बदनामी हुन्छ अर्को विवाह गर्न समस्या हुने भन्दै छोरीलाई सम्झाई बुझाई जोइकै घरमा पठाए । पटक पटक विवाद हुदै जाँदा आज छोरीको सडे गलेको अवस्थामा शव फेला प¥यो निशाको वुवा रुदै भने । छोरी बिरामी पर्दा पनि छोरीको परिवारले औषधी गराउँदैन्थयो ।

छोरीको मृत्यु हुनु भन्दा पहिला केहि दिन अगाडी माइती सोनमा गाउँपालिका वडा नं. ६ मगरथाना आएकी थिइन । छोरीलाई केहि दिन माइतीमै बस्न दिनु जौवाइलाई भनेपछि जौवाइले अर्को विवाह गर्छ भनी धम्कियाएका थिए ।

धम्कियाएपछि छोरी पठाएपछि जेठ २२ गते का राती छोरीलाई कुटपिट गरी जवाई र छोरीको ससुरा र देवर मिलेर हत्या गरेको मृत्क युवतीको वुवा कैलाशले बताए । अव मेरो छोरी त फिर्ता आउँदैन तर दोषिलाई हदै सम्मको कार्वाही होस ताकी अरुले पनि यस्तो घटना गर्न डराओस मृत्कको वुवा कैलाशले भने ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.