१० श्रावण २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
शिवालयमा आउने भक्तजनहरुको लागि निःशुल्क स्वास्थ्य शिविर – Nigrani Today
ताजा खबरमधेश प्रदेशसमाचारसमाजस्थानीय

शिवालयमा आउने भक्तजनहरुको लागि निःशुल्क स्वास्थ्य शिविर

सर्लाही,९ श्रावन । साउनको दोश्रो सोमबार पनि आज सर्लाहीका शिवालयहरुमा बिहानैदेखि भक्तजनको भीड लागेको छ ।साउन महिनाको सोमवार सर्लाहीको अधिकांश शिवालयहरुमा मेला समेत लाग्ने गरेको छ ।

यसैक्रममा चन्द्रनगरमा नाढी तालको डिलमा अवस्थित शिव मन्दिरमा चन्द्रनगर गााउँपालकिा अध्यक्ष राजकुमार महतोले ब्रतालु भक्तजनहरुको लागि गाउपालकिाको तर्फबाट निःशुल्क स्वास्थ्य शिविर संचालन गर्नुभएको छ । भक्तजनको स्वास्थ्य अवस्थालाई मध्य नजर गर्दै गाउँपालिकाले निःशुल्क स्वास्थ्य शिविर संचालन गरेको गाउँपालिका अध्यक्ष महतोले जानकारी दिनुभयो।

निःशुल्क स्वास्थ्य शिविर बाट भक्तजनहरुले स्वास्थ्य लाभ लिइराख्नु भएको छ ।त्यस्तै भगवान शिवलाई जल चढाउने ब्रतालु भक्तहरुलाई शितलता प्रदान गर्न गाउँपालिकाले सरबतको समेत व्यवस्थापन गरेको छ । टाढा टाढा बाट तातो घाम तथा गर्मीमा पनि शिवालयमा ब्रतालुहरु आउने भएकोले शितलता प्रदान होस उदेश्यले सरबतको व्यवस्था गरिएको चन्द्रनगर गाउँपालिकाले जनाएको छ ।

चन्द्रनगरको शिवालयमा भक्तजनहरुको लागि धार्मकि, साँस्कृतीक, महत्व बोकेको साँस्कृतीक कार्यक्रमको व्यवस्था गरिएको चन्द्रनगरका स्थानिय उमेश साहले जानकारी दिनुभयो । चन्द्रनगरमा भक्तजनहरुको सुरक्षाको लागि नेपाल प्रहरी समेत परिचालन गरिएको छ ।

साउन महिना र सोमबार भगवान् शिवको बार भएकाले यस दिनमा शिवजीको पूजा आराधना एवम् दर्शन गर्नाले मनोकामना पूरा हुन्छ भन्ने धार्मिक विश्वासले भक्तजनको भीड लागेको चन्द्रनगर गाउँपालिका स्थित रहेको शिव मन्दिरका पुजारी किशोरी भगतले बताउनुभयो । सर्लाहीमा अहिले चन्द्रनगरमा रहेको शिव मन्दिर, ईश्वरपुर नगरपालिका स्थित भक्तिपुरमा रहेको शिव मन्दिर, हरिपुरका शिवालय, लालबन्दी नगरपालिकाका शिवालय, हरिवन नगरपालिका शिवालय, कविलासी नगरपालिका शिवालयमा भक्तजनहरुको भिड लागेको छ ।

बिहानै बिहानै युवा, युवती, महिला पुरुषहरु नुहाई धुवाइ गरेर चोखो भएर यतिबेला शिवालयहरुमा जल चडाउन भिड लागेको ब्रतालुहरुले जानकारी दिएको छ । सोमबारका दिन सर्लाहीमा व्रत वस्ने परम्परा समेत रहेको छ ।सोमवारका दिन ब्रत बसे भगवान शिवले चिताएको मनोकामना पुरा गर्ने जनविश्वास रहेको ब्रतालु महिला हरुले बताए ।
पुराणमा उल्लेख भए अनुसार स्वंय भगवान शिवले व्रह्माजीको मानसपुत्र नारदमुनीलाई यो महिनाको महत्व वताएका थिए । शिवजीका अनुसार उहाँको त्रिनेत्रमा सूर्य दाहिने, चन्द्रमा वायाँ र अग्नी मध्य नेत्रमा रहेको छ । चन्द्रमाको राशि कर्क र सूर्यको सिंह रहेको छ, यसै कारणले जब सूर्य कर्कबाट सिंह राशिसम्मको यात्रा गर्छन त्यो वेला धेरै शुभ हुने गरेको छ ।

यस्तो शुभको संयोग साउन महिनामा नै हुने गरेको छ त्यसैकारण भगवान भोलेनाथलाई साउन महिना अतिप्रिय रहेको छ ।यो महिनाको अत्यधिक महत्व हुनुका साथै सवै जीवका लागि कल्याणकारी हुने गरेको छ । यसकोवैज्ञानिक विवरण पनि देख्न सकिन्छ, जसअनुसार कर्क र सिंह राशिको संक्रांतिको समय वाष्पीकरण अधिक हुनुका साथै वर्षा पनि धेरै हुने गरेको छ ।

जसकारण संसारको कति प्रकारकोे वनस्पतिहरुलाई पोषणका साथै ग्रीष्म ऋतुको प्रभावपनि कम हुने गरेको छ । पुराणका अनुसार साउन महिनामै समुद्र मन्थनवाट निस्केको विष भगवान शिवले खाएर संसारको रक्षा गरेका थिए । यसकारण भोलेनाथको साउनमा पूजा गर्दा विशेष कृपा प्राप्त हुने गरेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.