२९ बैशाख २०८१, शनिबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
साक्षरता कक्षा संचालन सम्वन्धि चार दिने तालिम सम्पन्न – Nigrani Today
ताजा खबरप्रदेश २समाचारसमाजस्थानीय

साक्षरता कक्षा संचालन सम्वन्धि चार दिने तालिम सम्पन्न

सर्लाही,७ माघ । वितिय साक्षरता कक्षा सञ्चालन सम्बन्धि चार दिने तालिम सर्लाहीमा सम्पन्न भएकाे छ ।

राष्ट्रिय रोजगार प्रवर्द्धन केन्द्र (RRPK), एकीकृत ग्रामिण विकास समाज (IRDS) तथा वर्ल्ड भिजन ईन्टरनेशन नेपालको साझेदारीमा सञ्चालन भएकाे पाेषण तथा उत्थानशिल जिविकाेपार्जन परियाेजना अन्तरगत हरिपुर्वा नगरपालिका तथा पर्सा गाउपालिका सर्लाही तथा एकडारा गाउपालिका महोतरीका स्थानीय स्तरका सहजकर्ताहरुलाई वितिय साक्षरता सम्बन्धि तालिम दिईएकाे हाे ।

माघ ४ गतेदेखि ७ गतेसम्म चलेकाे तालिममा अति विपन्न परिवारलाई माथि उकास्ने उदेश्यले संस्थाले समुदायस्तरमा सञ्चालन गरेकाे बिभिन्न समुहमा गई सहभागिहरुलाई सामाजिक सुरक्षा, जिविकाेपार्जन, वितिय समावेशीकरण र सामाजिक सशक्तिकरण सम्बन्धी कक्षा सञ्चालन गर्न सक्षम बनाउने उदेश्यले तालिम दिईएकाे RRPK जीविकाेपार्जन परियाेजना अनुगमन अधिकृत झुमा पाँचकाेटीले बताउनु भयाे ।

सर्लाही स्थित सीता पार्टी प्यालेसमा सम्पन्न भएकाे तालिमका सहभागिहरुलाई राष्ट्रिय रोजगार प्रवर्द्धन केन्द्रका परियाेजनाका प्रबन्धक  रामकुमार यादव, IRDS का कार्यक्रम व्यवस्थापक कुमार भण्डारी, राष्ट्रिय रोजगार प्रवर्द्धन केन्द्रका अनुगमन अधिकृत पाँचकोटी सहित Field Livelihood Lead- East Field Office विनय चाैहान, Livelihood Officer (IRDS) आरती चौधरी तथा रामसुशील महतो (RRPK-Livelihood Field Officer) लगायतले सहजीकरण गर्नु भएकाे थियाे ।
तालिम महाेत्तरी र सर्लाहीले संयुक्त रुपमा सञ्चालन गरेकाे हाे ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.