२९ पुष २०८१, सोमबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
बाल अनुगमन तथा सकारात्मक अभिभावकत्व सम्बन्धि दुई दिने तालिम सम्पन्न – Nigrani Today
ताजा खबरसमाचारसमाजस्थानीय

बाल अनुगमन तथा सकारात्मक अभिभावकत्व सम्बन्धि दुई दिने तालिम सम्पन्न

सर्लाही,२९ पुस।सर्लाहीको लालबन्दीमा बाल अनुगमन तथा सकारात्मक अभिभावकत्व सम्बन्धि दुई दिने तालिम सम्पन्न भएको छ।

वर्ल्ड भिजन नेपाल र बागमती सेवा समाज नेपालको सहजीकरणमा आइतवार बाट सुरु भएको तालिम आज सम्पन्न भएको छ ।

तालिममा बाल अनुगमन गर्ने तरिका, बालबालिकाको मनोभावना बुझने, बाल बिबाह रोक्न,अभिभावक शिक्षाको चिनारी, महत्त्व, बालबालिकाको आधारभुत  अधिकार, बालबालिकामा लगानी, बाल विकासका  चरण तथा विविध  पक्षहरु, परिवार भनेको केहो?, परिवारको विशेषता, असल परिवारको परिकल्पना, बालबालिका सँग संचार र कुराकानी, सकारात्मक संचारको फाईदा लगायत सकारात्मक अभिभावकत्व सम्बन्धि विभिन्न विषयमा छलफल गरिएको बागमती सेवा समाज नेपालले जानकारी दिएको छ ।

तालिममा हरिपुर्वा नगरपालिका र पर्सा गाउँपालिकामा बसोबास गर्ने अभिभावकहरुको उपस्थिति रहेको थियो । हरिपुर्वा नगरपालिका वडा नं ४ का अभिभावक खुसिलाल यादवले तालिम एकदम उत्कृष्ट लागेको तथा तालिममा विभिन्न कुरो सिक्ने अवसर प्राप्त भएको बताउनुभयो । अब लागू औषध सम्बन्धि जनचेतनामूलक तालिमको व्यवस्थापन गर्न आयोजक संस्था सँग उहाले आग्रह गर्नुभयो ।

पर्सा वडा नं ४ का अभिभावक पुष्पाञ्जली साहले यो तालिम बाट मेरो छोराछोरी सँग गरिने व्यवहार नै अब परिवर्तन हुने बताउनुभयो । पहिला पहिला बच्चालाई कुटपिट पनि गरिन्थ्यो तर अब देखि बुझाएर नै उनिहरुको व्यवहार परिवर्तन गर्छु जस्तो लागेको बताउनुभयो । तालिममा २६ अभिभावकहरुको उपस्थिति रहेको थियो ।

तालिम वर्ल्ड भिजन नेपालको जिल्ला संयोजक सीता चौधरी र बागमती सेवा समाज नेपालका परियोजना संयोजक प्रमेश बाँदेले सहजीकरण गर्नुभएको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button