११ फाल्गुन २०८१, आईतवार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
नेपाल रेडक्रस सोसाइटी चन्द्रनगर उपशाखाको निर्वाचन सम्पन्न, सरोज सिंहको प्यानल निर्वाचित – Nigrani Today
ताजा खबरसमाचारसमाजस्थानीय

नेपाल रेडक्रस सोसाइटी चन्द्रनगर उपशाखाको निर्वाचन सम्पन्न, सरोज सिंहको प्यानल निर्वाचित

सर्लाही । नेपाल रेडक्रस सोसाइटी चन्द्रनगर उपशाखाको कार्य समितिको निर्वाचनसम्पन्न भएको छ। गए राती २ बजेको अन्तिम मतगणना नतिजाका अनुसार नेपाल रेडक्रस सोसाइटी चन्द्रनगर उपशाखाको सभापतिमा सरोज सिंह निर्वाचत हुनुुभएको छ । नेपाली कांग्रेस, नेकपा माओवादी र लोसपा गठबन्धन बाट सभापति पदमा सिंह उम्मेदवारी दिएका थिए ।

सिंह प्यानल सहित नै निर्वाचित हुनुुभएको छ । सिंहले २ सय ९१ मत प्राप्त गरी निर्वाचित हुनुुभभएको छ भने उहाको निकटतम प्रतिस्पर्धी सुनिल महतोले १ सय ४० मत प्राप्त गरेको छ । त्यस्तै सिंह प्यानल बाट सचिवमा विक्रम प्रसाद सिंह, उप सचिवमा दीपेन्द्र कुमार राय, महिला उपसभापती कुन्ती देवी,कोषाध्यक्षमा विमल देवी महतो, उप कोषाध्यक्षमा मनसिप महतो, महिला सदस्यमा लालपरी देवी पण्डित, खुल्ला सदस्य मा शिवनाथ कापर, दरोगा पासवान, मकसुद आलम र नथुनी साह निर्वाचित हुनुुभएको छ ।

राप्रपा, एमाले, नेकपा समाजवादी, जसपा गठबन्धन बाट सभापतिमा महतो, सचिव पदका लागि मनोज कुमार राय, उप सचिवमा अलाउदिन मंसुर, कोषाध्यक्ष पदमा कैलाश साह, उपकोषाध्यक्षमा बिल्टु पासवान, महिला सदस्यतर्फ संजोगिया देवी पासवान र खुल्ला सदस्यमा जगरनाथ पासवान, जय नारायण साह तेली, नौसाद मुकेरी, राजदेव प्रसाद साहले उम्मेदवारी दिएका थिए । निर्वाचन शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको निर्वाचन अधिकृतले जनाएको छ । त्यस्तै १ सय १३ मत बदर भएको थियो । नेपाल रेडक्रस सोसाइटी चन्द्रनगर उपशाखाको निर्वाचन रोचक बनेको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button