१० श्रावण २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
समाजसेवी रिजाल दिए स्पाईसि पिडितलाई १ लाख बढी मूल पर्ने स्पाईनिङ्ग मेसिन – Nigrani Today
ताजा खबरमधेश प्रदेशसमाचारसमाजस्थानीय

समाजसेवी रिजाल दिए स्पाईसि पिडितलाई १ लाख बढी मूल पर्ने स्पाईनिङ्ग मेसिन

लालबन्दी,साउन -१४ । नेपाली काँग्रेस मधेश प्रदेश समिति सदस्य एवम् समाजसेवी युवा नेता ध्रुव रिजालले शारीरीक रुपमा असक्त लालबन्दी ५ रन्जितपुरका विवेक कर्ण र आशा कर्णलाई १ लाख बढी मूल पर्ने स्पाईनिङ्ग मेसिन प्रदान गरेका छन् ।

कर्ण दाजु बहिनी विगत ७ वर्षदेखि दुर्लभ रोग स्पाईसि सिटीबाट ग्रसित छन् । उनीहरुको शारीरीक व्यायामका लागि सहयोग पुर्याउने उदेश्यले आफूले मानवीय भावनाले स्पाईनिङ्ग मेसिन प्रदान गरेको नेता रिजालले बताए ।युवा नेता रिजाल विगत लामो समयदेखि समाजसेवामा सक्रिय रहेका छन् ।

गतवर्षको शितलहरको समयमा समेत विपन्न वर्गलाई न्यानो कम्बल, विपन्नलाई खाध्यन्न सहयोग गरेका समाजसेवी नेता रिजालले शनिवार विहान वडाअध्यक्ष मिन प्रसाद ढुंगेल(रामु)को अध्यक्षता तथा लालबन्दी नगरपालिकाकी उपमेयर कल्पना पाख्रिनको प्रमुख आतिथ्यतामा एक कार्यक्रम काे आयोजना गरि विरामीकाे थेरापीका लागि सहयोगी सिद्ध हुने उक्त मेशिन विरामीका बुबा अनिल कर्णलाई प्रदान गरेका हुन् ।

सामग्री वितरणपछि बोल्दै, समाजसेवी रिजालले आफूले कुनै राजनीतिक स्वार्थ र उद्देश्य नराखी मानवीय भावनाले सहयोग गरेको बताए ।

उनले स्थानीय चुनावका बेला घरदैलोका क्रममा आफूलाई शिक्षा दिने गुरुकै नाती नातिनी असक्त भएको देखेपछि बिरामीको शारीरीक व्यायाममा सहयोग होस् भन्ने उद्देश्यले उक्त मेशिन प्रदान गरेको बताए ।

त्यस्तै कार्यक्रमकी प्रमुख अतिथी लालबन्दी नगरपालिकाकी उपमेयर कल्पना पाख्रिनले असक्तहरुका लागि सहयोग सामाग्री वितरण गरेको भन्दै, समाजसेवी नेता रिजालको प्रसंशा गरिन् । उनले आगामी दिनमा पनि नगरका गरीब, निमुखा असहाय, अपाङ्ग, महिला तथा बालबालिकाहरुको सहयोगमा निरन्तर लागिरहन पनि आग्रह गरिन् । उनीले समाजसेवी नेता रिजाललाई नगरपालिकाको तर्फबाट आभार प्रकट गरिन् ।

सहयोग स्वरुप स्पाईनिङ्ग मेसिन पाएपछि निकै राहत महसुस भएको विरामीका बुबा अनिल कर्णले बताए। उनले आफ्नो छोरा विवेक कर्ण र छोरी आशा कर्ण विगत ७ वर्षदेखि असक्त रहेको बताए । उनीहरुमा एक्कासी देखापरेको शारीरीक असक्तताले आफू निकै दुःखी रहेको बताए । उनले नेता रिजाललाई धन्यवाद दिदै , आफ्नो छाेरा छाेरीकाे शारीरीक व्यायामका लागि यो मेसिन अत्यन्तै प्रभावकारी हुनेभन्दै खुशि व्यक्त गरे ।

उनका अनुसार छोरा विवेक र छोरी आशाको अहिले सम्म रोगै पत्ता लाग्न सकेको छैन । उनले निको हुने आशामा एपोलो, मेदान्त लगायत भारतका दर्जन बढी अस्पतालहरुमा उपचार गराएको भएपनि रोगै पत्ता नलागेको बताए ।

डाक्टरको भनाई अनुसार यो अज्ञात रोग करीब ८० करोड पुरुषमा एकजना र सय करोड महिलामा एकजनालाई हुने रोग भएको बताए । उनले अहिलेसम्म उपचारका क्रममा धेरै रकम खर्च गरिसकेको बताए ।

समाजसेवाको अभियानमा गृह गाउँ रन्जितपुरलाई अलि बढी प्राथमिकतामा राखेका नेता रिजालले आउदा दिनमा नगरका अन्य वडामासमेत अभियानहरू सञ्चालन गर्ने आफ्नो लक्ष्य र उद्देश्य रहेको बताए ।

यश अघि नेपाल सरकारद्वारा नगर बिकास कोषको अध्यक्ष तथा विभिन्न समयमा विभिन्न संस्थाको कार्यकारी पद सम्हाली सकेका रिजालले ती संस्थामा रहदा पनि आफुले समाजको हित हुने काम गरेको बताए ।

आफू पछिल्लो पटक नगर बिकास कोषको अध्यक्ष रहदा लाललबन्दी लगाएत देशका विभिन्न स्थानमा स्वच्छ पिउने पानीको लागि सहयोग पुर्‍याएको बताउदै आफ्नो मूलभूत उद्देश्य समाजसेवानै रहेने नेता रिजालले बताए ।

स्पाईनिङ्ग मेसिन हस्तान्तरण कार्यक्रममा नेपाली काँग्रेस सर्लाहीका उपसचिव ईन्द्र योन्जन, क्षेत्र नम्बर १ प्रदेश (ख) का सभापति सीताराम दाहाल, महाधिवेशन प्रतिनिधि दिपक अधिकारी, लालबन्दी नगरसभापति प्रशान्त आचार्य,नेताहरु नारायण गुर्मछान्, राकेश ढुंगेल लगायतको उपस्थिति रहेकाे थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.