१० श्रावण २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
समाजवादी प्रेस संगठन बाराको अध्यक्षमा साह निर्वाचित – Nigrani Today
ताजा खबरमधेश प्रदेशराजनीतिसमाचारस्थानीय

समाजवादी प्रेस संगठन बाराको अध्यक्षमा साह निर्वाचित

कलैया,१४साउन ।समाजवादी प्रेस संगठन नेपाल बारा शाखाको आज सम्पन्न प्रथम जिल्ला अधिवेशनबाट अजय साह सर्वसम्मतिमा अध्यक्षमा निर्वाचित भएका छन् ।

बाराको सदरमुकाम कलैयामा सम्पन्न प्रथम जिल्ला अधिवेशनले १५ सदस्यीय जिल्ला कमिटी गठन भएको छ । अधिवेशनबाट सर्वसम्मतिमा उपाध्यक्षमा शारदा पोखरेल, सचिवमा नरेश गुप्ता, सहसचिवमा अफरोज आलम, कोषाध्यक्षमा सावित्री शर्मा, सदस्यहरुमा पवन विक, बिजय कुमार, अरुण मेहता, अनिल मण्डल, जितेन्द्र कुशवाहा, निरज गुप्ता लगायत निर्वाचित भएका छन् ।

संगठनका वरिष्ठ उपाध्यक्ष विश्वमणी सुवेदीको प्रमुख आतिथ्य एवं विशिष्ठ अतिथि नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) बाराका अध्यक्ष एवं मधेस प्रदेशका सांसद सुन्दर विश्वकर्मा विशेष सहभागितामा अधिवेशन सम्पन्न भएको हो ।

कार्यक्रममा मधेस प्रदेशका सांसद सीता गुरुङ, नेकपा (एकीकृत समाजवादी) का सचिव विक्रम ठाकुर, सहसचिव ध्रव यादव, संगठनका उपमहासचिव रामकुमार एलन, संगठनका सचिव तथा मधेस प्रदेशका इन्चार्ज एवं नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सुभाष साह, संगठनका केन्द्रीय सदस्य एवं पार्टी जिल्ला कमिटी प्रचार विभाग प्रमुख रमेश सुवेदी, केन्द्रीय सदस्य जीतलाल श्रेष्ठ, मधेस प्रदेश कमिटीका अध्यक्ष वृजलाल पासवान, अनेरास्ववियुका सचिव इमरान आलम, जिल्ला समन्वय समिति बाराका सदस्य श्यामबाबु यादव, युवा संघ नेपाल कलैया नगरकमिटीका अध्यक्ष हरिओम साह लगायतको विशेष सहभागिता रहेको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.