११ चैत्र २०८०, आईतवार | Email:- [email protected] | [email protected]
शुद्धोदन मा.वि भलवाडको वेथिति अग्रेजी शिक्षक ४ जना हुदाँ विज्ञान शिक्षकको संख्या शून्य – Nigrani Today
समाचार

शुद्धोदन मा.वि भलवाडको वेथिति अग्रेजी शिक्षक ४ जना हुदाँ विज्ञान शिक्षकको संख्या शून्य

भलवाड संवाददाता, कपिलवस्तु

श्री शुद्धोदन जन जिवन मा.वि वाणगंगा ९ मा एक पछि अर्को गरेर बेथिति बाहिर आएको छ । ५ वर्ष सम्म व्यवस्थापन समिति गठन गर्न नसक्नु, विद्यार्थीको नतिजा माथि नै खेलवाड गरेको आरोप लागेको विद्यालय परिवारलाई फेरी अर्को खुलासा भएको छ । हाम्रो टिम विद्यालय परिसरमा छडेक जादाँ विद्यार्थीहरुले उक्त कुरा खुलासा गरेका हुन् । अहिले विद्यालयमा ४ जना अग्रेजी विषयका शिक्षक छन् भने विज्ञान विषयको शिक्षक संख्या शुन्य रहेको छ । केहि महिना अगाडी तत्कालिन विज्ञान शिक्षक मुक्तिराम थारु अन्य विद्यालयमा नाम निकालेर गए पछि विद्यालयमा विज्ञान शिक्षकको संख्या शुन्य भएको हो । भने अग्रेजी तर्फ उच्च मा.वि १ जना, मा.वि तह २ जना र नि.मा.वि तह १ जनाम गरी ४ जना शिक्षक रहेका छन् । यता विज्ञान शिक्षकको संख्या ० हुदाँ एस.ई.ई दिने विद्यार्थीको पढाई माथि नै खेलवाड गरेको छ विद्यालयले ।
विज्ञान शिक्षकका रुपमा अहिले तिलकराम पौडेल छन् तर पौडेलको योग्यता भने विज्ञान विषय मा.वि तहलाई पढाउन नसक्ने रहेको कक्षा १० मा पढ्ने विद्यार्थीहरु बताउन्छन् । पौडेलको पढाई विज्ञान संकाय तफं आइ.एस्सी मात्र हो त्यति बेलाको आइ.एस्सी अहिलेको १२ बराबर हो । पौडेल पुर्व स्थायी शिक्षक हुन् उनी आफ्नो छोरालाई ल्याउन स्याङ्जा सरुवा भएर गए र छोरा कमल पौडेललाई शुद्धोदन मा.वि ल्याए । पछि शिक्षक तिलकराम पौडेलले शिक्षकबाट राजिनामा दिएर बसे पछि फेरी निजि स्रोत भन्दै शुद्धोदनले नै ल्याएर राखेको छ । विज्ञान शिक्षक खोज्नुका साटो एमाले पार्टी निकट शिक्षक भए नेपाली विषयका लाई पनि विज्ञान पढाउन दिन सक्ने विद्यार्थी बताउन्छन् ।अहिले विद्यालयमा विज्ञानका विषयका लागि मा.वि तहका लागि दक्ष शिक्षक नहुदाँ विद्याथीहरु तनाबमा रहेका छन् । यता शिक्षकको सुचना आम सञ्चार माध्यममा दिनु पर्नेमा विद्यालय परिसरकै भित्तामा मात्र सिमित राखियो ।
२०६६ सालबाट १२ पढाएकालाई पाखा लगाएर योग्यता नपुगेकालाई १२ मा कक्षा
प्र.अ अनिता कडेल ने.क.पा एमाले निकट हुन् । उनले विद्यार्थी कै पढाई माथि राजनिति गरेकी छिन् । २०६६ बाट कक्षा ११ र १२ मा नेपाली पढाएका शिक्षक हटाएर १.५ वर्ष पहिले आएकि शिक्षकालाई ११ र १२ मा कक्षा दिएको प्रमाणित भएका छ । विद्यार्थीका अनुसार कडेलले कक्षा ११ख र १२ पढाउने मास्टर डिग्रीको पढाई सकेको शिक्षिकालाई आफ्नो निकटको नभएको कारण हटाएको र मास्टर डिग्रीकै योग्यता नभएका लाई कक्षा दिएको, नयाँ शिक्षिकाले पढाएको नबुझेको भन्दै वडामा समेत निवेदन दिदाँ आफ्नो निकटकोभए पछि जे गरेनी हुन् आरोप लगाएका छन् ।
शिक्षक नियुक्तीमै नाताबाद
यता शिक्षक नियुक्तिमा प्र.अ अनिता कडेलले नाताबादलाई बढी प्राथमिकता दिएकी छिन् । केहि महिना अगाडी खुलाएको विज्ञापनमा कडेलले आफ्नो नातेदारलाई नियुक्ति गरेकी छिन् । विज्ञापनमा प्लस टु पढेको शिक्षकको माग गरेकोमा कडेलले ब्यालचर पढ्दै गरेकालाई फालेर आफ्नो नातेदार पुष्पा पौडेललाई नियुक्ति गरेको विद्यालयका एक शिक्षकले बताएका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.