१३ चैत्र २०८०, मंगलवार | Email:- [email protected] | [email protected]
सर्लाहीमा ७४ औ मानव अधिकार दिवस मनाइयो – Nigrani Today
ताजा खबरप्रदेश २समाचारसमाजस्थानीय

सर्लाहीमा ७४ औ मानव अधिकार दिवस मनाइयो

सर्लाही,२४ मंसिर । सर्लाहीमा ७४ औ मानव अधिकार दिवस मनाइएको छ । सबैको लागि मर्यादा, स्वतन्त्रता र न्याय मुल नारा सहित सर्लाहीको मंलगवा नगरपालिकामा अन्तर्किया तथा सम्मान कार्यक्रम गरि ७४ औ मानव अधिकार दिवस मनाइको छ । मलंगवा नगरपालिकाको आयोजना तथा विभिन्न गैर सरकारी संस्थाको समन्वयमा दिवस मनाइएको हो ।

सर्लाही जिल्लामा भएका मानवअधिकार हनन तथा हिंसाको विषयमा कार्यपत्र प्रस्तुत गर्दै मानवअधिकार रक्षक संजाल सर्लाही जिल्ला अध्यक्ष मुकेश मिश्रले जनवरी २०२२ देखि नोभेम्बर २०२२ सम्म ओरेक नेपाल सर्लाहीमा महिला हिंसाका ८१ वटा र जातीय विभेद तथा छुवाछूतका ३ वटा घटनाहरु दर्ता भई न्यायको लागि सम्बन्धित निकायमा पहल भइरहेको जानकारी गराएका छन् ।

यसै गरि मानवअधिकार तथा सामाजिक न्याय क्षेत्रमा विगत लामो समयदेखि क्रियाशील भई आफ्नो कार्यक्षेत्रमा उत्कृष्ट योगदान दिएका १३ जना व्यक्तिहरुको साथसाथै ३ जना क्रियाशील पत्रकारहरुलाई सम्मानित भएका छन।

कार्यक्रममा जिल्ला समन्वय समिति सभापति कौससल सिंह, प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम, जिल्ला प्रहरी कार्यलय सर्लाहीका प्रमुख प्रहरी उपरीक्षक प्रविण पोखरेल,मानवअधिकारकर्मी मुकेश मिश्रा, रंजनिकान्त झा लगायत विभिन्न व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.