१० श्रावण २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
नेपाल आदिवासी जनजाती पत्रकार महासंघ युएईको अध्यक्षमा मगर चयन – Nigrani Today
ताजा खबरसमाचारसमाज

नेपाल आदिवासी जनजाती पत्रकार महासंघ युएईको अध्यक्षमा मगर चयन

सर्लाही ,३०साउन ।नेपाल आदिवासी जनजाती पत्रकार महासंघ(फोनिज) युएईको पुनरगठन भएको छ । पुनरगठित समितिको अध्यक्षमा सर्लाहीका फलेन्द्र बलम्पाकी मगर चयन हुनुभएको छ ।

गत अगस्ट ७ तारिखका दिन दुबई स्थित कञ्चनजंघा रेष्टुरेन्टमा बसेको फोनिज आवद्ध सदस्यहरुको भेलाले आगामी ३ वर्षे नयाँ कार्यकालको लागि निवर्तमान सचिव बलम्पाकी मगरको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

फोनिज यूएईका प्रमुख संरक्षक पासाङ रिन्जी शेर्पा निर्वाचन समितिका संयोजक रहनुभएको थियो । त्यस्तै किराँत राई या योख्खा युएईका अध्यक्ष बुद्धि मेहवाङ राई र आदिवासी जनजाती महासंघ युएईका उपाध्यक्ष डम्बर लिवाङ लिम्बू समेतको तीन सदस्यीय निर्वाचन समितिले नयाँ नेतृत्व चयन गरेको नव निर्वाचित अध्यक्ष मगरले भाईरल पोष्ट अनलाईनलाई जानकारी दिनुभयो ।

नव गठित कार्यसमितिको अध्यक्षमा बलम्पाकीसहित उपाध्यक्षमा तिलक साम्पाङ्ग राई, सचिवमा सूर्य बहादुर खवास, सह–सचिवमा पूर्ण बहादुर तामाङ्ग र कोषाध्यक्षमा बुद्ध लिङ्गदेन चयन हुनुभएको छ । त्यस्तै सदस्यहरुमा सन्दीप रानामगर, सूर्य नारायण चौधरी, विष्णु थापा, पेज कुमार सुनुवार, रोहन महतो, सरु शितल राई, अमन थापा मगर र विक्रम तामाङ्ग रहनुभएको छ ।

फोनिज यूएईको नयाँ कार्यसमिति अगस्त ७ मै चयन पुनर्गठन भएको भएपनि नयाँ नेतृत्वको घोषणा भने अगस्ट १४ तारिखका दिन नेफिन युएईले आयोजना गरेको २८औ विश्व आदिवासी दिवसको कार्यक्रमको अवसर पारेर गरिएको थियो । नयाँ नेतृत्वको घोषणा निर्वाचन समितिका संयोजक फोनिज यूएईका प्रमुख संरक्षक पासाङ रिन्जी शेर्पाले गर्नुभएको थियो ।

आदिवासी, उत्पीडित र अल्पसंख्यक जनजातिका पहिचान र हकहित प्रवद्र्धनका लागी बिधुतीय वा छापा माध्यमद्वारा आमजनसमुदायलाई सु–सूचित गर्ने उदेश्यले स्थापित फोनिज युएईमा भने सन् २०१८ मा स्थापना भएको संस्था हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.