१० श्रावण २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
श्रोत नखुलेको ३६ लाख रकम तथा सुन सहित दुई जना पक्राउ – Nigrani Today
ताजा खबरमधेश प्रदेशसमाचारसमाजस्थानीय

श्रोत नखुलेको ३६ लाख रकम तथा सुन सहित दुई जना पक्राउ

शालिना मगर

सर्लाही,३१ श्रावन । सर्लाहीमा श्रोत नखुलेको ३६ लाख रकम तथा लाखौको सुन सहित दुई जना पक्राउ परेको छ । पक्राउ पर्नेमा डोटीको शिखर नगरपालिका ७ घर भई हाल काठमाण्डो जिल्ला कपन १० बस्ने ३० वर्षिय हर्क बहादुर कठायत र भक्तपुरको चाङगुनारायण नगरपालिका वडा नं.०२ दुवाकोट बस्ने ३१ वर्षिय बिशाल खत्री रहेको छ ।

उनिहरुलाई प्रहरीले बरहथवा नगरपालिका वडा नं. ११ हिरापुर ब्यारेज स्थित नाँयारोड बाट हिरापुर तर्फ जादै गरेको प्रदेश ०२– ०३३ प ७७५० नं को मो.सा. चेकजाँच गर्ने क्रममा पक्राउ गरेको हो ।

पक्राउ परेका मोटरसाइकल . चालक कठायत र सोही मोटरसाइकल पछाडी सवार खत्रीको साथमा लेदरको झोला भित्र रहेको श्रोत नखुलेको ने.रु. ३६ लाख रुपैया र अन्दाजी मुल्य रु १९ लाख ५८ अन्ठाउन हजार बरबार सुनको गहनाहरु सिक्री एक थान र ब्रास्लेट एक थान गरी २ सय तेत्तिस ग्राम दुई सय असी मिल्ली सुन सहित पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बरहथवाका प्रहरी प्रमुख उमाशंकर प्रसाद यादवले जानकारी दिनुभयो ।

प्रहरीले बरामद गरेको रकम, सुन र मोटरसाईकल कार्वाहीको लागी मंगलवार सर्लाही भन्सार कार्यालय मलंगवामा बुझाइएको प्रहरी प्रमुख यादवले बताउनुभयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.