२६ बैशाख २०८१, बुधबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
ट्रकले पैदलयात्री रायमाझीलाई ठक्कर दिँदा घटना स्थलमै मृत्यु – Nigrani Today
ताजा खबरप्रदेश २समाचारस्थानीय

ट्रकले पैदलयात्री रायमाझीलाई ठक्कर दिँदा घटना स्थलमै मृत्यु

सर्लाही,२७ भदौ । सर्लाहीमा ट्रकले एक पैदलयात्रीलाई ठक्कर दिँदा पैदल यात्रीको घटना स्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा हरिवन नगरपालिका वडा नं.९ बस्ने अन्दाजी ५० वर्षिय रामचन्द्र रायमाझी रहेको छ ।

आज बिहान हरिवन नगरपालिका वडा नं. १० नयाँरोड चोक स्थित पुर्व पश्चिम लोकमार्गमा मिर्चैयाबाट हेटौँडातर्फ जाँदै गरेको ना. ८ ख. ८२६७ नम्बरको गहुँलोड भएको ट्रकले पैदलयात्री रायमाझीलाई ठक्कर दिएको थियो । मृतक रायमाझीको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा पठाइएको प्रहरीले जनाएको छ ।

ट्रक र ट्रक चालक सिराहा मिर्चैया नगरपालिका वडा नं. ९ बस्ने ३७ वर्षिय ललित चौधरी प्रहरीको नियन्त्रणमा रहेको तथा, अन्य अनुशन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायव उपरीक्षक बिजय यादवले जानकारी दिनुभयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.