१० श्रावण २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
हरिपुरका कर्मचारीहरु विभिन्न माग राख्दै बसे धर्नामा – Nigrani Today
ताजा खबरमधेश प्रदेशसमाचारसमाजस्थानीय

हरिपुरका कर्मचारीहरु विभिन्न माग राख्दै बसे धर्नामा

सर्लाही,८ भदौ । सर्लाहीको हरिपुर नगरपालिकामा कार्यरत निजामती कर्मचारीहरु आन्दोलित बनेका छन् ।सरकारले जारी गर्न लागेको निजामती ऐनको हरिपुर नगरपालिकाका कर्माचार्यले असहमति जनाउँदै त्यसको विरोध गरेका छन्। नगरपालिकामा कार्यरत नेपाल निजामती कर्मचारी संगठन र नेपाल निजामती कर्मचारी युनियनले संयुक्त रुपमा ११ बुदे माग राख्दै विरोध जनाएका हुन।

सरकार ल्याउन लागेको निजामती ऐनमा संघ, प्रदेश र स्थानीय तहमा कार्यरत कर्मचारीहरुको छुट्टाछुट्टै परिभाषा हुने गरि ऐन जारी गर्न लागेको प्रति असहमति जनाउँदै विरोधका कार्यक्रम गर्नुपरे हरिपुर नगरपालिकामा कार्यरत अधिकृत छैटौं विनय पौडेलले बताउनुभयो । संघीय संरचना अनुसार देश तीन तहको राज्य संरचनामा गएपछि बनेको ऐन र नियमावलीमा कर्माचारीले पाउनुपर्ने सेवा सुविधा र कार्यसम्पादनमा स्पष्ट व्यवस्था नहुदा कार्यसंचालनमा समस्या पर्दै आएको छ। अहिले स्थानीय तहमा कार्यरत विभिन्न सेवा समुहका कर्मचारीहरुले निजामती ऐनमा भएको व्यवस्था प्रति असन्तुष्टि जनाउँदै पटकपटक आन्दोलन गरिरहेका छन् ।

सरकारले स्थानीय तहमा कार्यरत निजामती कर्माचारीलाई निजामती सरहको व्याभार नगरेको र पाउने सेवा सुविधामा समेत विभेद गरेको भन्दै त्यसको उनीहरूले आलोचना गरिरहेका छन्।त्यसैगरी तिनै तहमा कार्यरत कर्मचारीहरुलाई निजामती कर्मचारी को परिभाषामा समावेश गर्नुपर्ने र संघ, प्रदेश र स्थानिय तह मध्येबाट एकपछि अर्को तहमा सेवा प्रवेशलाई निरन्तरता दिनुपर्ने माग गरेका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.