१० श्रावण २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
विद्यालयलाई बालमैत्री, अपाङ्गमैत्री सौचालय हस्तान्तरण – Nigrani Today
ताजा खबरमधेश प्रदेशसमाचारसमाजस्थानीय

विद्यालयलाई बालमैत्री, अपाङ्गमैत्री सौचालय हस्तान्तरण

सर्लाही,९ भदौ । सर्लाहीको हरिपुर्वा नगरपालिकामा बालमैत्री, अपाङ्गमैत्री तथा लैङ्गिकमैत्री पक्की सौचालय भवन हस्तान्तरण गरिएको छ । हरिपुर्वा नगरपालिका वडा नं. ३ धनकौलमा रहेको राष्ट्रिय आधारभूत विद्यालयलाई राष्ट्रिय रोजगार प्रवर्धन केन्द्र सर्लाहीले बालमैत्री, अपाङ्गमैत्री तथा लैङ्गिकमैत्री पक्की सौचालय भवन हस्तान्तरण गरेको छ ।

अष्ट्रेलियन एड,ह्यान्डी क्याप इन्टरनेशनल,राष्ट्रिय रोजगार प्रवर्धन केन्द्र, वल्र्ड एजुकेशन, वल्र्ड भिजनको समन्वय तथा सहयोगमा विद्यालयलाई पक्की सौचालय हस्तान्तरण गरिएको हरिपुर्वा नगरपालिकाले जनाएको छ । विद्यालयमा बालमैत्री, अपाङ्गमैत्री तथा लैङ्गिकमैत्री पक्की सौचालय भवन १३ लाख ७४ हजार, २१ रुपैयाको लागतमा २०७८÷११÷३ गते देखि निर्माण कार्य सुरु भइ २०७९÷३÷१६ मा सम्पन्न भएपछि सौचालय भवन सम्बन्धित विद्यालयलाई हस्तान्तरण गरिएको राष्ट्रिय रोजगार प्रवर्धन केन्दका संरक्षक संयोजक नागेन्द्र प्रसाद साहले जानकारी दिनुभयो ।

यस अघि पनि राष्ट्रिय रोजगार प्रवर्धन केन्दले सर्लाहीको चन्द्रनगर, ब्रह्म्पुरी, पर्सा गाउँपालिका र हरिपुर्वा नगरपालिकामा करोडौको लगानीमा पक्की विद्यालय भवन तथा सौचालय विभिन्न विद्यालयलाई हस्तान्तरण गरिसकेको संरक्षण संयोजक साहले बताउनुभयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.