१० श्रावण २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
बरहथवाका प्रहरी नायब उपरीक्षक यादवको सरुवा – Nigrani Today
ताजा खबरमधेश प्रदेशसमाचारसमाजस्थानीय

बरहथवाका प्रहरी नायब उपरीक्षक यादवको सरुवा

सर्लाही ,१२ भदौ ।ईलाका प्रहरी कार्यालय बरहथवाका प्रहरी नायब उपरीक्षक उमाशंकर प्रसाद यादवको सरुवा भएको छ। लुम्बिनी प्रदेश प्रहरी कार्यालय दरबन्दी रहि हाल १० महिना अघि ईलाका प्रहरी कार्यालय बरहथवामा काज सरुवा भएर आउनुभएका यादवको मधेस प्रहरी गण जनकपुरमा काज सरुवा भएको छ।

ईलाका प्रहरी कार्यालय बरहथवाका प्रमुख समेत रहनु भएका डिएसपी यादवलाई आइतबार स्थानीय तहका प्रतिनिधि ,जनप्रतिनिधि ,स्थानीयबासी सम्मानका साथ फुलमाल र खादा ओढाएर बिदाई गरेका छन्।

उहाँको स्थान मधेस प्रहरी गण जनकपुरबाट डिएसपी मकेन्द्र मिश्र काज सरुवा गरि ईलाका प्रहरी कार्यालय बरहथवामा आउनुभएको छ।

डिएसपी यादवको बिदामा संविधान सभा सदस्य हरि उप्रेती, बरहथवा नगरपालिका उपमेयर रामबाबु साह, उद्योग बाणिज्य संघ बरहथवाका अध्यक्ष रामबाबु साह लगायतको सहगागीता रहेको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.