१० श्रावण २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
चन्द्रनगरको वर्कसपमा आगलागी, १० लाख मुल्य बराबरको क्षति – Nigrani Today
ताजा खबरमधेश प्रदेशसमाचारसमाजस्थानीय

चन्द्रनगरको वर्कसपमा आगलागी, १० लाख मुल्य बराबरको क्षति

सर्लाही,१२ भदौ । सर्लाहीको चन्द्रनगर गाउँपालिकामा एक मोटरसाइकल वर्कसपमा आगलागी हुदाँ अन्दाजी १० लाख मुल्य बराबरको क्षति भएको छ । चन्द्रनगर गाउँपालिका वडा नं. ६ नाढी बजारमा स्थानिय मोहन साहले संचालन गरेको मोहन मोटरसाइकल वर्कसपमा आगलागी हुदाँ १० लाख मुल्य बराबरको समान जलेर नष्ट भएको चन्द्रनगरका स्थानियहरुले जानकारी दिएको छ ।

आगलागी बाट मोटरसाइकल वर्कसपमा राखिएको एपाचे मोटरसाइकल १ थान, पल्सर मोटरसाइकल १ थान, डिस्कभर मोटरसाइकल बनाउन राखिएको इन्जिन, हावा मेसिन १ थान, मोटरसाइकल धुने वासिङ्ग मेसिन १ थान र पसलमा राखिएको लगभग ३ लाख मुल्य बराबरको टायर, टिउर तथा मोबिलको काटुनहरु जलेर नष्ट भएको स्थानिय शिवनारायण सिंहले बताउनुभयो ।

अज्ञात व्यक्तिहरुको समुह आएर मोटरसाइकल वर्कसपमा पेट्रोल छर्की आगो लगाएको चन्द्रनगरका माओवादी नेता लोकेन्द्र मुखियाले जानकारी दिनुभयो ।वर्कसपबाट प्रहरी चौकी नजिक भएपनि आगलागीको घटना हुनु दुखद भएको मुखियाले बताउनुभयो ।

घटना बारे प्रहरी चौकीमा निवेदन दिदाँ पनि प्रहरीले कुनै किसिमको चासो नदेखाएको वर्कसप संचालक मोहन साहले आरोप लगाउनुभयो ।यसैगरी घटना बारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय केशरगंजले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.