३१ बैशाख २०८१, सोमबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
जसपाको क्षेत्रीय विस्तारित बैठक बयलवासमा सम्पन्न – Nigrani Today
ताजा खबरप्रदेश २समाचारस्थानीय

जसपाको क्षेत्रीय विस्तारित बैठक बयलवासमा सम्पन्न

सर्लाही,१४ भदौ । जनता समाजवादी पार्टी नेपाल जसपाको क्षेत्रीय विस्तारित बैठक तथा पार्टी प्रवेश कार्यक्रम सर्लाहीको बयलवासमा सम्पन्न भएको छ ।जसपा नेता एवम् ईश्वरपुर ५ का वडाअध्यक्ष पंची महतोको अध्यक्षता तथा सर्लाही क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य समेत रहेका नेता प्रमोद साहको प्रमुख आतिथ्यतामा बयलवासस्थित उद्योग वाणिज्य संघको सभाहलमा विस्तारित बैठक तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको हो ।

बैठकले क्षेत्रीय कार्यसमिति तथा प्रदेश क्षेत्रीय कार्यसमितिलाई पूर्णता दिएको छ । वैठकले रामनरेश साहको अध्यक्षतामा ५१ सदस्यीय क्षेत्रीय कमिटी तथा प्रदेश क मा रामचन्द्र महतो र ख मा बीर बहादुर बोम्जन(विवेक)को अध्यक्षतामा ३१÷३१ सदस्यीय प्रदेश क्षेत्रीय कार्यसमितिलाई पूर्णता दिएको छ ।

बैठकले क्षेत्र नम्बर १ को क्षेत्रीय कमिटीमा अध्यक्षमा साहसहित बरिष्ठ उपाध्यक्षमा रामबाबु यादव, पुरुष उपाध्यक्षमा रामविर महतो, रामचन्द्र साह र महिला उपाध्यक्षमा पर्मिला स्याङतानलाई चयन चयन गरेको छ । त्यस्तै क्षेत्रीय कमिटितर्फको सचिवमा अनिल कुमार यादव र सह–सचिव सुनिल कुमार साह(भान्जा) चयन हुनुभएको सो पार्टीका नेता ईन्द्र बल तामाङले जानकारी दिनुभयो ।नेता तामाङका अनुसार भेलाकै अवसरमा एकसय जनाभन्दा बढी लोसपाका नेता कार्यकर्ता लोसपा परित्याग गरी जसपामा प्रवेश गरेका छन् । नव प्रवेशीहरुमा लोसपाका लालबन्दी नगर इन्चार्ज तथा मेयरका प्रत्यासी सुनिल कुमार साह(भान्जा) समेत रहनुभएको छ ।

जसपा फुट्ने क्रममा लोसपामा लाग्नुभएका भान्जासहित एकसय जनाभन्दा बढी नेता कार्यकर्ता भान्जाकै नेतृत्वमा जसपा प्रवेश गरेका हुन् । नव प्रवेशीहरुलाई भेलाका प्रमुख अतिथी सो पार्टीका नेता तथा सर्लाही क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सांसद प्रमोद साह, केन्द्रीय सदस्य बम बहादुर मोक्तान, केन्द्रीय सदस्य संजय पासवान, प्रदेश कमिटी सदस्य केशव न्यौपाने लगायतले अबिर टीका लगाई जसपामा स्वागत गर्नुभएको थियो ।

विस्तारित बैठक तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रमुख अतिथी एवम् प्रतिनिधि सभा सदस्य प्रमोद साहले नवगठित क्षेत्रीय तथा प्रदेश क्षेत्र कमिटीका पदाधिकारीहरुलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो । उहाँले मंसीर ४ गते हुने संघ र प्रदेशको चुनावमा जसपालाई जिताउने गतिविधिमा लाग्न निर्देशन दिनुभयो ।जसपा पाँच दलीय गठबन्धनको एउटा घटक हो ।

केन्द्रीय गठबन्धनमा सिट बाँडफाँड हुँदा सर्लाहीको क्षेत्र नम्बर १ जसपाकै भागमा पर्ने प्रवल सम्भावना रहेको छ । सांसद साहले गठबन्धनको मापदण्डअनुसार सर्लाहीको क्षेत्र नम्बर १ जसपाले पाउने निश्चित भएको बताउनुभयो ।‘भागबण्डामा यो क्षेत्र हामीले पाउने कुरा छ, त्यसैले अहिलेदेखि नै चुनावी अभियानमा लाग्न म नेता कार्यकर्तालाई अनुरोध गर्दछु ।,’ सांसद साहले भन्नुभयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.