१२ श्रावण २०८२, आईतवार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
डिभिजन वन अधिकृत सन्तोष कुमार झालाई मधेश प्रदेश सरकारद्वारा सम्मान – Nigrani Today
समाचारसमाज

डिभिजन वन अधिकृत सन्तोष कुमार झालाई मधेश प्रदेश सरकारद्वारा सम्मान

सर्लाही — डिभिजन वन कार्यालय सर्लाहीका डिभिजनल वन अधिकृत सन्तोष कुमार झाले मधेश प्रदेश सरकारको वन तथा वातावरण मन्त्रालय अन्तर्गतको नीति तथा कार्यक्रम अनुसार सर्लाही जिल्लामा वन क्षेत्रको अतिक्रमण नियन्त्रण तथा व्यवस्थापन र सागरनाथ वन विकास परियोजनामा पुर्‍याएको उल्लेखनीय योगदानको उच्च प्रशंसा गर्दै प्रदेश सरकारले सम्मान गरेको छ।

आज जनकपुरधाममा आयोजित एक समारोहका बीच मुख्यमन्त्री सतिश कुमार सिंह, वन तथा वातावरण मन्त्री संजय कुमार यादव र मन्त्रालयका सचिव उद्धव बहादुर घिमिरेले डिभिजनल वन अधिकृत झालाई कदरपत्रसहित सम्मान गरेका हुन्।

कार्यक्रममा बोल्दै मुख्यमन्त्री सिंहले वन संरक्षण, अतिक्रमण नियन्त्रण र दिगो व्यवस्थापनमा डिभिजनल वन अधिकृत झाको सक्रियता र समर्पण प्रदेश सरकारका लागि प्रेरणादायी रहेको उल्लेख गर्नुभयो। उहाँले प्रदेशको समृद्धिका लागि वातावरणीय सन्तुलन र वनको भूमिकालाई विशेष प्राथमिकता दिनुपर्ने धारणा राख्नुभयो।

डिभिजनल वन अधिकृत झाले आफूले पाएको सम्मानलाई सम्पूर्ण वन कर्मचारीको मेहनत र समर्पणको परिणामका रूपमा लिँदै आगामी दिनमा पनि अझ प्रभावकारी रूपमा काम गर्ने प्रतिबद्धता जनाउनुभयो।

कार्यक्रममा मन्त्रालयका उच्च अधिकारी, कर्मचारी तथा सरोकारवालाहरूको उपस्थिति रहेको थियो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button