१० श्रावण २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
सर्लाहीका आश्रम तथा बालगृहमा खाधान्न वितरण – Nigrani Today
ताजा खबरमधेश प्रदेशसमाचारसमाजस्थानीय

सर्लाहीका आश्रम तथा बालगृहमा खाधान्न वितरण

सर्लाही,३ असोज । सर्लाहीको हरिवन नगरपालिका वडा नं. ५ मा रहेको द्धन्द्ध पिडित बालगृह, हरिवन नगरपालिका वडा नं. ९ नयाँरोडमा रहेको मानवसेवा आश्रम र लालबन्दी नगरपालिका वडा नं. २ जुटपाजीमा रहेको पद्म भुवनेश्वरी नमुना बृद्धसेवाश्रममा खाधान्न वितरण गरिएको छ ।

उधोग वाणिज्य संघ लालबन्दीका अध्यक्ष दिपेन्द्र कुमार बलम्पाकीको अध्यक्षता तथा प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमको प्रमुख आतिथ्यतामा द्धन्द्ध पिडित बालगृह र पद्म भुवनेश्वरी नमुना बृद्धसेवाश्रममा खाधान्न वितरण गरिएको छ ।

द्धन्द्ध पिडित बालगृहमा उधोग वाणिज्य संघ लालबन्दीको तर्फ बाट चामल १५० केजि,आलु ५० केजि, दाल १५ केजी, चिनी १० केजी, चिउरा २० केजी, खाने तेल ५ लिटर प्रदान गरिएको छ भने बालगृहमै भुदेव खाध उधोग प्रा.ली.को तर्फबाट जिरा मसिनो चामल २५ केजीको ६ बोरा,रहर दाल ५ केजीको ३ प्याकेट वितरण गरिएको छ ।
यसैगरी बालगृहमै जिल्ला प्रशासन कार्यालयको पहलमा विभिन्न निकाय बाट १ सय केजी चिनी प्रदान गरिएको जिल्ला प्रशासन कार्यालय सर्लाहीका कम्प्युटर अपरेटर मुकेश यादवले जानकारी दिए ।

त्यस्तै हरिवन नगरपालिका वडा नं. ९ नयाँरोडमा रहेको मानवसेवा आश्रमलाई पनि खधान्न सहयोग गरिएको छ । मानवसेवा आश्रममा उधोग वाणिज्य संघ लालबन्दीको तर्फ बाट चामल १५० केजि,आलु ५० केजि, दाल १५ केजी, चिनी १० केजी, चिउरा २० केजी, खाने तेल ५ लिटर प्रदान गरिएको छ भने भुदेव खाध उधोग प्रा.ली.को तर्फबाट जिरा मसिनो चामल २५ केजीको ६ बोरा,रहर दाल ५ केजीको २ प्याकेट वितरण गरिएको छ ।

यसैगरी मानवसेवा आश्रममा जिल्ला प्रशासन कार्यालयको पहलमा विभिन्न निकाय बाट १ सय ५० केजी चिनी र उधोग वाणिज्य संघ हरिवनको तर्फबाट चामल १० बोरा,भुजा ५ बोरा, आलु १ बोरा,, दाल १ बोरा प्रदान गरिएको जिल्ला प्रशासन कार्यालय सर्लाहीका कम्प्युटर अपरेटर यादवले जानकारी दिए ।

यसैगरी जुटपाजीमा रहेको पद्म भुवनेश्वरी नमुना बृद्धसेवाश्रममा उधोग वाणिज्य संघ लालबन्दीको तर्फ बाट चामल १५० केजि,आलु ५० केजि, दाल १५ केजी, चिनी १० केजी, चिउरा २० केजी, खाने तेल ५ लिटर प्रदान गरिएको छ भने भुदेव खाध उधोग प्रा.ली.को तर्फबाट जिरा मसिनो चामल २५ केजीको ३ बोरा,रहर दाल ५ केजीको २ प्याकेट प्रदान गरिएको छ भने जिल्ला प्रशासन कार्यालयको पहलमा विभिन्न निकाय बाट १ सय केजी चिनी प्रदान गरिएको कम्प्युटर अपरेटर यादवले जानकारी दिए ।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.