१० श्रावण २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
लालबन्दीमा बाल विवाह अन्त्यका लागि सडक नाटक प्रदर्शन – Nigrani Today
ताजा खबरमधेश प्रदेशसमाचारसमाजस्थानीय

लालबन्दीमा बाल विवाह अन्त्यका लागि सडक नाटक प्रदर्शन

सर्लाही,४ असोज । सर्लाहीको लालबन्दी नगरपालिका ३ स्थित जब्दीमा बाल विवाह सम्बन्धी सडक नाटक प्रदर्शन गरिएको छ ।

कोभिड–१९ को सन्दर्भमा सामुदायिक सुरक्षा जालो र महिलावादी आन्दोलनको सुदृढीकरण कार्यक्रम अन्तर्गत यूएन ओमनको सहयोगमा टेवा नामक संस्थाले बाल विवाहके अन्त करु नामक सडक नाटक प्रदर्शन गरेको हो ।
स्थानीय लालबन्दी नाट्य समूहको प्रस्तुती रहेको सडक नाटकमार्फत बाल विवाह कारण समाजमा पर्ने नकरात्मक असरमा बारेमा सन्देश दिएको थियो ।

सामाजिक अभियन्ता अर्जून रसाईलीको लेखन तथा शिक्षक टिकाराम श्रेष्ठले निर्देशन गर्नुभएको नाटकमा रसाईली र श्रेष्ठसहित सुरवीर मोक्तान, मधु कसाई, लक्ष्मण पौडेल, मदन गोपाल र अन्जना सिग्देलले जीवन्त अभिनय गर्नुभएको थियो । नाटक हेर्न लालबन्दी ३ का स्थानीय बाल क्लवमा आवद्ध बालबालिका, जब्दी, भैरवपुर, करहिया लगायतका थारु वस्तीका सयौंको संख्यामा महिला पुरुषहरुको उपस्थिति रहेको थियो ।

नाटक हेरिसकेपछि बालबालिकालाई सानै उमेरमा विवाह हैन उचित शिक्षा दिनुपर्ने नाटकले सन्देश दिएको स्थानीय आश नारायण चौधरीले बताउनुभयो । ‘नाटक साहै्र राम्रो थियो । वास्तवमै तराईमा बालविवाहको अवस्था अझै विकराल छ । सानै उमेरमा गरिने विवाहले समाजलाई नै अहित गर्ने भएकोले यो सडक नाटकले त्यस्ता सानै उमेरमा हुने विवाह न्यूनिकरणमा टेवा पुग्ने विश्वास छ ।’ स्थानीय चौधरीले भन्नुभयो ।

अर्का स्थानीय रामजी चौधरीको भनाई पनि त्यस्तै छ । उहाँ भन्नुहुन्छ, ‘सडक नाटक निकै नै राम्रो लाग्यो । हाम्रो समाजमा भईरहेका घट्नालाई टिपेर कलाकारहरुले नाटक मार्फत देखाउनुभएको छ । यसले पक्कै पनि सानै उमेरमा हुने विवाहलाई न्यूनिकरण गर्नमा सहयोग पुग्नेछ ।’ नाटक हेरेपछि जयन्ती धामीले पनि नाटक निकै नै राम्रो लागेको प्रतिक्रिया दिनुभयो ।

त्यस्तै नाटकका लेखक तथा कलाकार अर्जुन रसाईलीले मधेश प्रदेशमा बालविवाह, अनमेल विवाह, दाइजो प्रथा जस्ता कु–प्रथाहरु अझै पनि विद्यमान रहेकोले सडक नाटकले त्यस्ता प्रथा न्यूनिकरण गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । आफूले जायीय भेदभाव, बालविवाह लगायत थुप्रै कुप्रथाका विषयमा नाटक लेखेको बताउनुहुँदै लेखक तथा कलाकार रसाईलीले बालविवाह अन्त्य करु नामक सडक नाटक हेरेपछि स्थानीय खुशि हुनुभएको बताउनुभयो ।

उहाँले भन्नुभयो,‘उहाँहरुले हाम्रो प्रस्तुती मन पराईदिनुभयो । वास्तवमा हाम्रो समाजमा यस्ता प्रथाहरु यथावत छन् । यसलाई चिर्न नाटक प्रभावकारी हुन्छ भनेर उहाँहरुले भन्नुभयो । हामी पनि त्यही चाहान्छौं हामीले पस्केका विषयले समाज परिवर्तनमा महत्वपूर्ण भूमिका खेल्न सकोस् ।’

त्यस्तै नाटकको निर्देशक तथा कलाकार टिकाराम श्रेष्ठले नाटक हेरेर सबैले राम्रो प्रतिक्रिया दिनुभएपछि आफूलाई निकै उत्साह मिलेको बताउनुभयो । ‘छोटो समयमा त्यसमा पनि स्थानीय भाषामा देखाउनु पर्ने हुँदा हामीलाई केही कठिनाई भएपनि कलाकार साथीहरुले राम्रो ढंगले अभिनय गर्नुभयो म अत्यन्तै खुशि छु । र वास्तवमा सडक नाटक भनेको प्रत्यक्ष लक्षित वर्गकै अगाडि वसेर मञ्चन गरिनेभएकोले यसले दिने सन्देश बढी प्रभावकारी हुन्छ ।’

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.