१३ चैत्र २०८०, मंगलवार | Email:- [email protected] | [email protected]
सर्लाही क्रियाशील सदस्यमा मनोमानी भएको भन्दै केन्द्रीय कार्यालय सानेपामा धर्ना – Nigrani Today
ताजा खबरप्रदेश २राजनीतिसमाचारस्थानीय

सर्लाही क्रियाशील सदस्यमा मनोमानी भएको भन्दै केन्द्रीय कार्यालय सानेपामा धर्ना

प्रेमनाथ पौडेल

सर्लाही,४ श्रावन । नियम विपरित क्रियाशील सदस्यता वितरण गरेको भन्दै छानबिनको माग गर्दै नेपाली कांग्रेस क्षेत्र नं – ४ का संघीय सांसद डा।अमरेश कुमार सिंहको सहयोगमा नेपाली कांग्रेस , केन्द्रीय कार्यालय सानेपा , ललितपुरमा सलाहीका पूर्व सभापतिहरु धर्नामा बसेका छन ।

नेपाली कांग्रेस सर्लाहीले पार्टीको १४ औं अधिवेशनमा प्रभाव पार्ने उद्देश्व विपरित अनियमित क्रियाशील सदस्य बितरण भएको भन्दै छानविन माग गर्दै नेपाली कांग्रेस सलाहीका पूर्व सभापतिहरु तथा अन्य नेताहरु आइतवार देखि नै नेपाली काँग्रेस केन्द्रिय कार्यालय सानेपामा धर्नामा बसेका हुन ।

४ निर्वाचन क्षेत्र रहेको सर्लाहीमा सबैभन्दा बढी क्षेत्र नं। १ ,२ मा क्रियाशिल सदस्यता सम्बन्धि विवाद देखिएको छ भने क्षेत्र नं। ३ र ४ मा पनि विवाद देखिएको हो । क्षेत्र नं। १ मा शम्भुलाल श्रेष्ठले र क्षेत्र नं। २ मा जंगीलाल रायले समायोजनको नाममा आफु खुसि मनपर्दी ढंगले विधान विपरित सदस्यता वितरण गरेको नेपाली काँग्रेसका पूर्व सभापती लक्ष्मण रायले बताए ।

त्यस्तै क्षेत्र नं। ३ र ४ मा जिल्ला सभापती नागेन्द्र कुमार रायले आफुखुसि पार्टीको क्रियाशील सदस्य वितरण तथा नवीकरणमा मनोमानी गरेको निवर्तमान सभापति रायको आरोप छ । सभापति रायले जिल्लामा बढेको विवाद मिलाउनुको साटो अटेरी गरेर हुकुमी शैलीमा काम गरिरहेको उनले बताए । रायले अहिलेको निर्वाचित जिल्ला कमिटी कांग्रेसको नीति र विधान मान्नसमेत तयार नरहेको उल्लेख गर्दै कांग्रेसको सदस्यता ठेकेदारको घरमा पुगेको आरोप लगाए । ‘जिल्लामा बढेको विवाद मिलाउनुको साटो वर्तमान सभापति हुकुमी शैलीमा अगाडि बढिरहेका छन्, नीति र विधान मान्न तयार छैनन्,’ निवर्तमान सभापति रायले भने, ‘वडाको काम पनि जिल्लाले नै गरिरहेको छ, आम कार्यकर्ताले पाउने सदस्यता ठेकेदारको घरमा पुगिरहेको छ ।’

अर्का पूर्वजिल्ला सभापति सत्यदेव सिंह दनुवारले संगठनलाई बलियो बनाएर अगाडि बढ्नुपर्ने बेलामा विभिन्न किसिमको जालझेलले लज्जाबोध हुन थालेको दुःखेसो पोखे । उनले विगतमा संघर्ष गरेर पार्टी एकढिक्का बनाएर लगेकोमा पछिल्लो समय गुट उपगुटले पार्टीलाई तहसनहस बनाएको जानकारी दिए । सिंहले अझै पनि पार्टीमा विधिको शासन लागू नगरिए त्यसको क्षति पार्टीले व्यहोर्नुपर्ने भन्दै सचेत गराए । ‘निकै संघर्ष गरेर हामीले पार्टीलाई जिल्लामा यो तहसम्म पु(याएका हौं, तर अहिले विभिन्न किसिमको गुट उपगुट हाबी भएको छ, यसले समग्र रूपमा पार्टीलाई नै अहित गर्छ,’ सिंहले भने ।

सर्लाही क्षेत्र नं।१ को क्षेत्रिय प्रदेशसभा ९क० अन्तर्गत चन्द्रनगर गाउँपालिका वडा नं।१ को नेपाली कांग्रेस वडा समितिको मिति २०७७र११र१० तथा १६ गतेको निर्णय अनुसार ३० जनालाई नयाँ क्रियाशिल सदस्यता दिने निर्णय अनुसार वडा सभापतिले सिफारिश गरि गाउँ समिति तथा प्रदेश समितिमा पठाइएका थिए । गाउँ समिति तथा प्रदेश समितिवाट समेत सिफारिश भई पठाइएकोमा जिल्ला सभापतिले पार्टीको विधान तथा नियम विपरित आफु खुशी सदस्ता प्रदान गरेको तथा नविकरण क्रियाशिल सदस्यता संख्या ३० वटा र समायोजन क्रियाशिल सदस्यता २२ वटा नयाँ फारममा हुनुपर्ने तर २२ वटा बाहेक जिल्लाले पुराना सदस्यतामा १३ र क्षेत्रले २० नयाँ थप गरी जम्मा ३३ नयाँ तथा पुराना सदस्यहरु थप गरी जिल्ला र क्षेत्रले मिलोमतो गरी अनाधृत रुपले पुरानो फारममा नविकरण गरेको महाधिवेशन प्रतिनिधि सोनेलाल साहले जानकारी दिए । ३३ वटा क्रियाशिल खारेज गर्न केन्द्रिय कार्यालयमा आफुहरुले उजुरी समेत गर्दा कुनै सुनुवाई नभएपछि आफुहरु बाध्य भएर धर्नामा बस्नु परेको उनको भनाइ छ ।

धर्ना कार्यक्रममा पूर्व सभापती लक्ष्मण राय ,सत्यदेव सिंह , प्रथम प्रतिनिधि सभा सदस्य रामचन्द्र चौधरी, पूर्व उप–सभापति बिनोद खनाल , वर्तमान सचिव नविन कुमार अधिकारी , क्षेत्रीय सभापति दिनेश मिश्र ,तरूण दल सभापति सूर्य नारायण राय ,महाधिवेशन प्रतिनिधिहरू विकाउ मंसुर, सोनेलाल साह , महेश राय , रामएकवाल राय ,श्याम साह , ललन यादव , शिक्षक संघका पूर्व सभापति कौशल किशोर राय लगायत सहभागी छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.