१० श्रावण २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
नेपाली काँग्रेस सच्चेर जानुपर्छ : केन्द्रीय सदस्य अब्दुल सतार – Nigrani Today
ताजा खबरराजनीतिसमाचार

नेपाली काँग्रेस सच्चेर जानुपर्छ : केन्द्रीय सदस्य अब्दुल सतार

सर्लाही,६ असोज । नेपाली काँग्रेसका केन्द्रीय सदस्य अब्दुल सतारले नेपाली काँग्रेस सच्चेर जानुपर्ने बताउनुभएको छ । नेता सतारले केन्द्रीय पदाधिकारीहरुले समानुपातिकमा बसेर गाउँका कार्यकर्ताको मनोवल घटाउन नहुने बताउनुभयो ।

केन्द्रिय पदाधिकारीहरु समानुपातिक नबसेर प्रत्यक्ष चुनाव लडी गाउँका कार्यकर्ताको मनोबल बढाउन केन्द्रिय नेता सतारले सुझाव समेत दिनुभयो ।

उहाँले नेपाली काँग्रेसको नेतृत्वमा जारी भएको संविधान अझै पूर्णरुपमा कार्यान्वयन हुन नसकेको अवस्थामा रहेको बताउनुभयो । संविधान जारी भएपछि नागरीकमा जागेको उत्साह केपी ओली नेतृत्वको सरकारले संसद नै विघटन गरेर संविधानप्रतिको विश्वास घटाएका बताउनुभयो ।

उहाँले केपी ओली पछि सभापति देउवाको नेतृत्वमा बनेको गठबन्धन सरकारले संविधान कार्यान्वयनका निमित्त बनाउनुपर्ने कानूनहरु पनि बन्न नसकेको बताउनुभयो । कानून बन्न नसक्नुमा कोभिड महामारी र वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचन नै भएको बताए ।

उहाँले कोभिडकै कारण सरकारले कतिपय अवस्थामा बनाउनुपर्ने कानूनहरु बनाउन सकेन । त्यसपछि लगतै सकारकारको ध्यान निर्वाचनमा केन्द्रित हुनुपर्दा पनि आवश्यक कानूनहरु बनाउन नसकिएकोे हो । नेता सतारले भने ।

उहाँले अब हुने संघ र प्रदेश सभा निर्वाचनबाट काँग्रेस देशकै पहिलो पार्टी हुने र काँग्रेसकै नेतृत्वमा बन्ने सरकारले जनतालाई सबै अधिकार दिने बताउनुभयो । उहाँले संविधानमा रहेका कमीकमजोरीलाई काँग्रेस नेतृत्वकै सरकारले सच्याउने पनि बताउनुभयो ।

संविधानमा जारी गर्ने समयमा नै केही त्रुटिहरु भएका छन् । ती त्रुटिहरुलाई संशोधन गर्ने पक्षमा काँग्रेस छ । अब निर्वाचनपछि आउने नयाँ संसदले संसोधन गर्ने छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.