१० श्रावण २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
सर्लाहीमा पनि पर्यटन वर्ष -२०२२ मनाईने – Nigrani Today
ताजा खबरमधेश प्रदेशसमाचारसमाजस्थानीय

सर्लाहीमा पनि पर्यटन वर्ष -२०२२ मनाईने

सर्लाही,६ असोज । सर्लाहीमा पनि पर्यटन वर्ष -२०२२ मनाईने भएको छ ।आयोजक नेपाल होटल तथा पर्यटन व्यवसायी संघ मधेस प्रदेशले पत्रकार सम्मेलन गरी मधेस प्रदेशका आठ वटै जिल्लामा ९,१०,११ गते गरि तीन दिन पर्यटन वर्ष -२०२२ मनाईने भएको छ ।नेपाल होटल तथा पर्यटन व्यवसायी संघ मधेस प्रदेशले आठ वटै जिल्लामा विभिन्न कार्यक्रम गरि पर्यटन वर्ष मनाउने आयोजकले जनाएको छ ।

पर्यटन वर्ष मनाउने क्रममा तयारीका लागी तिब्र गतिमा प्रचार प्रसार गर्ने, होटलहरुले २५ प्रतिशत रुम र खानामा १५ प्रतिशत छुट समेत दिने होटल व्यवसायीले जनाएको छ ।पर्यटन वर्ष मनाउने क्रममा पहिलो दिन असोज ९ गते सरसफाइ कार्यक्रम गरिने, १० गते प्रभात फेरी गर्ने, लगायतको विभित्र कार्यक्रम गरि पर्यटन वर्ष मनाउने आयोजकले जनाएको छ ।

खास गरी पर्यटन बढाउन उदेश्यले पर्यटन वर्ष मनाउन लागिएको नेपाल होटल तथा पर्यटन व्यवसायी संघ सर्लाहीका अध्यक्ष हिराकाजी योन्जनले जनाएको छ ।
पत्रकार सम्मेलन कार्यक्रममा नेपाल होटल तथा पर्यटन व्यवसायी संघ सर्लाहीका तृतीय उपाध्यक्ष पुर्ण प्रसाद चौलागाई, लगायत विभिन्न व्यक्तिहरुको उपस्थिति रहेको न्यु लालबन्दी होटलका सञ्चालक होटल व्यवसायी भरत पौडेलले जानकारी दिनुभयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.