१४ जेष्ठ २०८०, आईतवार | Email:- [email protected] | [email protected]
चन्द्रनगरमा बाल विवाह तथा बालश्रम न्यूनीकरण गर्न घरदैलो कार्यक्रम गरियो – Nigrani Today
ताजा खबरप्रदेश २समाचारसमाजस्थानीय

चन्द्रनगरमा बाल विवाह तथा बालश्रम न्यूनीकरण गर्न घरदैलो कार्यक्रम गरियो

सर्लाही,६ असोज । सर्लाहीको चन्द्रनगर गाउँपालिकामा बाल विवाह तथा बालश्रम न्यूनीकरण सम्बन्धि घरदैलो कार्यक्रम गरिएको छ । बिहिबार वडा नं. १ किसनपुरमा अष्ट्रेलियन एड, ह्याण्डीक्याप इन्टरनेशनल, राष्ट्रिय रोजगार प्रवद्र्धन केन्द्र, वर्लड एजुकेशन, वर्लड भिजन तथा चन्द्रनगर गाउँपालिकाको समन्वयमा समावेसी शिक्षा सुदृढीकरण(सिकाई) परियोजना मार्फत बाल विवाह तथा बालश्रम न्युनीकरण सम्बन्धी घरदैलो कार्यक्रम गरिएको हो ।

समुदाय परिवर्तन समुह, चन्द्रनगर गाउँपालिका वडा नं. १को नेतृत्वमा बाल विवाह, बालश्रम न्युनीकरण, अपाङ्गता भएका बालबालिकालाई शिक्षामा पहुँच तथा सेवा सम्बन्धि अन्तरक्रिया समेत गरिएको राष्ट्रिय रोजगार प्रवद्र्धन केन्द्रका सिकाई परिचालक राजनारायण साहले जानकारी दिनुभयो ।

वडा नं. १ वडा अध्यक्ष रामेश्वर प्रसाद महतो, जन्ता प्रा.वि.का व्यवस्थापन समिति अध्यक्ष फेकु महतो, पुर्व अध्यक्ष ईन्दल राय, स्थानिय नेता दरोया पासवान,जन्ता प्रा.वि.का छात्र छात्रा, तथा समुदाय परिवर्तन समुहका सदस्यहरुको उपस्थितिमा बाल विवाह बन्द गर, बाल श्रम बन्द गर, छोराछोरीहरुलाई विद्यालय पठाउँ लगायतको विभिन्न नारा लगाउँदै घरदैलो कार्यक्रम गरिएको समुदाय परिवर्तन समुहका पुर्व सदस्य रंजिता यादवले बताउनुभयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.