१० चैत्र २०८०, शनिबार | Email:- [email protected] | [email protected]
संघिय सांसद साहले दिए विकास निर्माण कार्यमा तिब्रता,खैरा हुदैँ मोहनपुर सम्म सडक कालपत्रे हुने – Nigrani Today
ताजा खबरप्रदेश २समाचारस्थानीय

संघिय सांसद साहले दिए विकास निर्माण कार्यमा तिब्रता,खैरा हुदैँ मोहनपुर सम्म सडक कालपत्रे हुने

सर्लाही,७ असोज । सर्लाही क्षेत्र नं. १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य (संघीय सांसद) प्रमोद साहले विकास निर्माण कार्यलाई तिब्रता दिनुभएको छ ।यसैक्रममा सर्लाहीको ईश्वरपुर नगरपालिका वडा नं. १० खैरा बजार देखि बिरता बजार हुदै मोहनपुर सम्म सांसद साहको पहलमा करोडौंको लागतमा सडक कालोपत्रे हुने भएको छ ।

शुक्रवार सांसद साहले एक कार्यक्रमको बिच वडा नं. १० बेला खैरा बजारमा कालोपत्रे हुने सडकको शिलान्यास गर्नुभएको छ । खैरा बजार देखि मोहनपुर सम्म गरी लगभग साढे ५ किलमीटर ग्रामीण सडक कालोपत्रे हुने भएको छ ।

२० करोड ६१ लाख ७८ हजार ३ सय २८ रुपैया ९० पैसा रकम लगत अनुमान गरिए पनि धुलिखेल एक्सिस एशियन जे.भी., बानेश्वर–१० काठमाडौंले १२ करोड, ८७ लाख ५२ हजार ८ सय ३७ रुपैयाँ ३२ पैसाको लागतमा सभ्झौता गरी खैरा देखि मोहनपुर सम्मको सडक कालोपत्रे गर्ने भएको छ ।

संघीय सांसद साहले शुक्रवार उक्त सडक शिलान्यास गरेपछी काम पनि आजै बाट सुरु गरिएको स्थानिय समाजसेवी नाथुराम चौधरीले जानकारी दिनुभयो । ठेक्केदार कम्पनीले असार ३१ गते सम्झौता गरी २०८१ असार २९मा काम सम्पन्न गर्नुपर्ने भए पनि ठेक्केदार कम्पनीले एक वर्षमै उक्त सडक कालोपत्रे गर्ने सांसद साहको निजी सचिवालयले जनाएको छ ।

सडक कालोपत्रे गर्ने क्रममा सडक ढलान, नाला ढलान, ग्याबिन वाल,बक्स कल्भर्ट र ह्युम पाइप समेत ठाउँ ठाउँमा राखि कालो पत्रे गरिने छ ।सडक कालोपत्रे हुने भएपछी यतिखेर खैरा, बेला, बिरता बजार, कोरियाहीटोल, मोहनपुर का स्थानियहरु खुसी भएका छन ।

क्षेत्र नं. १ मा क्षेत्रिय रणनैतिक सडक कार्यक्रम अन्तर्गत संघिय सांसद साहले लालबन्दी बजार देखि खैरा, मोहनपुर हुदैँ मलंगवा सम्मको मुख्य ग्रामीण सडक कालोपत्रे गर्न पहल गरेपछी सडक कालोपत्रे गर्न मन्त्रालयले करौडो रकम छुट्टयाएको थियो । पहिलो चरण अन्तर्गत लालबन्दी देखि मनहर्वा सम्मको सडक कालोपत्रे भैसकेको छ । सांसद साह यस अघि पनि विभिन्न विकास निर्माण कार्य गरिसकेको छ ।

सडक शिलान्यास कार्यक्रममा प्रदेश सभा सदस्य निरा साह, ईश्वरपुरका नगर प्रमुख मनोज कुमार आचार्य, डिभिजन कार्यालय प्रमुख दरोया साह लगायत विभिन्न व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.