१० श्रावण २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
नगरपालिका स्तरीय मुसहर महिला सशक्तिकरण संञ्जाल समिति गठन – Nigrani Today
ताजा खबरमधेश प्रदेशसमाचारसमाजस्थानीय

नगरपालिका स्तरीय मुसहर महिला सशक्तिकरण संञ्जाल समिति गठन

सर्लाही,७ असोज । सर्लाहीको बरहथवा नगरपालिका टाँडीमा शुक्रबार नगरपालिका स्तरीय मुसहर महिला सशक्तिकरण संञ्जाल समिति गठन गरिएको छ ।
संझा देवी माझीको अध्यक्षतामा बरथवा न.पा को वार्ड नं ८ टाँडीमा, वडा नं ८,११र १३ टाँडी, चिनिमिल र हिरापुरका मुसहर तथा दलित महिलाहरुलाई समेटेर १३ सदस्यीय बरथवा नगरस्तरीय मुसहर महिला सशक्तिकरण संञ्जाल समिति गठन गरिएको हो । उक्त सञ्जालले आगामी दिनहरुमा मुसहर तथा दलित महिला समुदायको उत्थानको लागि आर्थिक, सामजिक, राजनीतिक लगायत मुद्दामा पैरवी गर्ने छ ।

सञ्जालको उपाध्यक्षमा लक्ष्मी देवी माझी, कोषाध्यक्ष शान्ती देवी पासवान, सचिव सरिता कुमारी माझी, सह सचिव श्रीपती देवी पासवान र सदस्य मगरी माझी, रेखा पासवान, सुनिता माझी, ममता माझी, भदीया माझी, जयमन माझी, शिवितीया माझी, गर्भी देबी माझी रहेका छन ।

संञ्जालले आगामी दिनमा नगरपालिका, वडा कार्यालयसम्म पुगेर मुसहर तथा दलित समुदायको उत्थान र विकासका लागि जनप्रतिनिधीलाई दवाव दिने लगाय काम गर्ने छ । साथै मुसहर समुदायका बालबालिकाको जन्मदर्ता, बिद्यालय भर्ना, नागरीकता, घर जग्गाको लागि पैरवीगर्ने छ । आयआर्जनका लागि कृषि पशु शाखामा गएर सामुहिक खेति बाख्रा र बंगुर पालनको लागि बजेट माग गर्ने छ ।

बरथवामा ५ वटा मुसहर तथा दतिल महिला सशक्तिकरण मञ्चमा २०० जना महिला सदस्यहरु समेटीएका छन । त्यसै गरी अन्डेफको सहयोग तथा साउथ एशिया पाटनशीप नेपाल (साप नेपाल)को पहलमा मुसहर महिला सशक्तिकरण मञ्च अन्तर्गत सर्लाहीको बसवरिया गाँउपालिका,हरिपुर नगरपालिका र चन्द्रनगर गाँउपालिकामा ३२ वटा मुसहर महिला कृषक समुह गठन गरिएको छ ।

ती समुहमा १६ सय मुसहर तथा दलित महिलालाई विभिन्न कार्यक्रमको मध्यमद्धारा सचेतना जगाउने,वचत गर्न प्रोत्साहन गर्ने, वडा तथा पालिकाको कार्यालयमा पहुँच पुर्याउने लगायतको कार्यक्रम संचालन गर्दे आइरहेको साप नेपालका कार्यक्रम संयोजक जनक कार्कीले बताउनु भयो ।

सञ्जालको अध्यक्ष संझावती माझीको अनुसार मुसहर समुदायले बिगतमा समुहमा आबद्ध नहुदा सधै सरकारी सेवा सुविधा तथा वजेट नपाएको भए पनि साप नेपालको कार्यक्रम मार्फत मुसहर महिलाहरुको समुह तथा सञ्जाल गठन गरेर बजेट तथा योजना माग गरेको बताईन ।

संञ्जालको पहलवाट मुसहर समुदायको लागि भुईस्थान, सामुदयिक भवन,समुदायमा खाने पानी, वालवालिका पढाउन छात्रवृति र आयआर्जन गर्न सामुहिक खेतीका साथै बाख्रा, बंगुर पालनकोलागी बजेट मागगर्ने वताउनु भयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.