१३ चैत्र २०८०, मंगलवार | Email:- [email protected] | [email protected]
महिला जनप्रतिनिधिहरुलाई शसक्त बनाउन प्रारम्भिक प्रशिक्षण सुरु – Nigrani Today
ताजा खबरप्रदेश २समाचारसमाजस्थानीय

महिला जनप्रतिनिधिहरुलाई शसक्त बनाउन प्रारम्भिक प्रशिक्षण सुरु

कविलासी,११ असोज । स्थानीय तहको निर्वाचनमा निर्वाचित भएका महिला जनप्रतिनिधिहरुलाई शसक्त बनाउने अभियानमा लागेका माण्डवी नामक गैर सरकारी संस्थाले सर्लाहीको कबिलासी नगरपालिकाका नव निर्वाचित महिला जनप्रतिनिधिहरुको लागि तेस्रो मोड्युलको चारदिने प्रारम्भिक प्रशिक्षण सुरु गरेकोछ ।
आइ.एफ.इ.एस तथा अस्ट्रेलियन सरकारको प्राविधिक तथा स्विस सरकारको आर्थिक सहयोगमा शि लिड्स महिला नेतृत्व कार्यक्रम अन्तर्गत माण्डवी सर्लाहीले कबिलासी नगरपालिकाका कार्यपालिका महिला सदस्यहरुको नेतृत्व भूमिकालाई निरन्तरता दिंदै उनीहरूको आत्मविश्वास र नेतृत्व सिपलाई अझ निखार्दै उनीहरूको भूमिकालाई अझ बढी प्रभावकारी ढंगबाट निर्वाह गर्न थप सीप र ज्ञानको विकास गर्ने उदेश्यले तालिमको आयोजना गरेको माण्डवी सर्लाहीका कार्यक्रम अधिकृत मनिल श्रेष्ठले जानकारी दिए।
तालिमको ४ दिने अवधीमा महिला जनप्रतिनिधिहरुलाई स्थानीय सरकारमा प्रभावकारी ढंगले भूमिका निर्वाह गर्नको लागि चाहिने सीप र ज्ञान प्रदान गर्ने,राजनीतिक संवादमा सहभागी हुनका लागि उनीहरुमा आत्मविश्वास बढाउने,लैंगिक समानता प्रवर्द्धन गर्न आफ्नो समुदायका अन्य बालिका र महिलाहरुको लागि प्रेरणाको श्रोतको रुपमा कार्यगर्न प्रोत्साहित गर्न,लैंगिक समानता प्रबर्द्धन गर्नका लागि समुदायमा पुरुष सहयोगीहरुको निर्माण गर्न तथा स्थानीय तहमा निर्वाचित महिला जनप्रतिनिधिहरुले एकआपसमा अनुभवको आदानप्रदान र सहयोग गर्न संजालको निर्माण गर्ने विषयमाहरुमा प्रशिक्षण दिइने कार्यक्रम अधिकृत श्रेष्ठले जानकारी दिए।
यसअघि पहिलो र दोस्रो मोड्युलको प्रारम्भिक प्रशिक्षणमा सहभागी भइसकेका कबिलासी न.पा अन्तर्गतका १० वटै वडाका महिला जनप्रतिनिधिहरुलाई तेस्रो मोड्युलको तालिममा प्रशिक्षक द्वय प्रभु चौधरी र रमा कुमारी पौडेलले सहभागीहरुलाई समूहकार्य,बैठकको योजना र व्यवस्थापन ,स्थानीय तहको विधायिकी कार्य प्रणाली,सक्रिय सुनवाइ ,संजालिकरण,संचार माध्यम सँग सहकार्य,विकास ,समुदाय परिचालन र व्यक्तिगत विकासका लक्ष्य तथा कार्ययोजनाको विषयमा समेत जानकारी गराउने श्रेष्ठले बताए ।
उक्त तालिमको मंगलबार मलंगवा स्थित नवरंग होटलको सभाहलमा नगर उपप्रमुख पुनम देवी कर्णले कार्यक्रम सम्बन्धि बैनर वाचन गरेर उद्घाटन गर्नुभएको थियो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.